सहकारी पिडित र रास्वपाका नेता कार्यकर्ताहरुद्धारा भैरहवामा प्रदर्शन

रुपन्देही खबर , १५३  पटक हेरिएको

भैरहवा, कार्तिक २८

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई मंगलबार रुपन्देहीको भैरहवा ल्याएपछि सहकारी पीडित र रास्वपाका नेता कार्यकर्ताहरुले भैरहवामा प्रदर्शन गरेका छन् । बुद्धचोकदेखी सुरु भएको नारा जुलुस जिल्ला सरकारी वकील कार्यालय रुपन्देही हुदै भैरहवाको बिभिन्न चोकहरुमा प्रर्दशनका गर्दै पुन बुद्धचोकमा कोणसभामा परिणत भएको थियो ।

प्रर्दशनमा सहकारी पीडितहरुले सरकार तेरो पाराले दुख पाए साराले , भ्रष्टचारीलाई कारवाही गर, स्वास्थ्य शिक्षा ढल्दैन, तानाशाही सरकार चल्दैन, सहकारी बचत फिर्ता गर , नेपाली जनता के भन्छ बिधीको शासन ले भन्छ । सहकारी पीडितलाई न्याय दे, राजनीतिक संंरक्षण बन्द गर लगायतका नारा लगाएका थिए ।


सहकारीपीडित संघर्ष समितिका अध्यक्ष विजय नेपालले सहकारीपीडितलाई न्याय दिनु नै राज्यको कर्तव्य भएको बताउनु भएको छ । उहाले सहकारी ठगीमा संलग्नलाई कारवाही गर्नुपर्ने माग गर्नु भएको छ । मंगलबार भैरहवामा भएको प्रदर्शनलाई मध्यनजर गर्दै भैरहवाको सुरक्षा व्यवस्था कडा बनाइएको थियो ।

 

प्रकाशित मिति: २०२४-११-१३ , समय : ०८:५२:२७ , १ हप्ता अगाडि