काठमाडौं-१६ को अध्यक्षमा एमालेबाट तुलाधर उम्मेदवार

रुपन्देही खबर , १५१  पटक हेरिएको

काठमाडौं, कार्तिक २१

नेकपा (एमाले) ले मंसिर १६ गते हुने उपनिर्वाचनमा काठमाडौं महानगरपालिका वडा नम्बर १६ को अध्यक्षमा लक्ष्मीरत्न तुलाधरलाई उम्मेदवार बनाउने भएको छ। एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले तुलाधरलाई वडाध्यक्ष पदको उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनु भएको छ ।

 

२०७९ वैशाखमा भएको स्थानीय तह चुनावमा तुलाधर एमालेबाट उम्मेदवार भई नेपाली कांग्रेसका उम्मेदवार मुकुन्द रिजालसँग पराजित हुनु भएको थियो । रिजाल चार हजार १९ मतसहित विजयी हुँदा तुलाधरले तीन हजार तीन सय १० मत ल्याउनु भएको थियो ।  वडाध्यक्ष रिजालको २०८० भदौमा निधन भएपछि वडाध्यक्ष पद रिक्त छ।  तुलाधरले एमाले काठमाडौं महानगर कमिटीमा रहेर पनि काम गरिसक्नु भएको छ ।

प्रकाशित मिति: २०२४-११-०६ , समय : १३:४२:४६ , २ हप्ता अगाडि