अस्ट्रेलियालाई हराउँदै नेपाल समूह विजेता
रुपन्देही खबर ,
७८ पटक हेरिएको
प्रतिशत जिसीले पहिलो ओभरको तेस्रो बलमा अस्ट्रेलियाका ओपनर साम हेजलेट १ रनमै आउट भएका थिए। दोस्रो विकेट पनि प्रतिशले नै लिए। तेस्रो ओभरको पहिलो बलमा उनले ड्यान क्रिस्टियनलाई बोल्ड गरे। क्रिस्टियनले ५ बल खेल्दै १ छक्का हानेर ९ रन बनाएका थिए।
सोही ओभरको अन्तिम बलमा एलेक्स रोसलाई पनि प्रतिशले बोल्ड गरेका थिए। रोसले ४ बलमा २ चौका र १ छक्का हानेर १४ रन बनाएका थिए। पाँचौं ओभरको अन्तिम बलमा लोकेश बमले फवद अहमदलाई आउट गरे। अहमद ४ बलमा ८ रन बनाएर खेलिरहेका थिए। अन्तिम ओभरमा जितका लागि अस्ट्रेलियालाई २२ रन आवश्यक थियो। नेपालका तर्फबाट लोकेश बम बलिङमा थिए। उनले पहिलो बलमा १ रन, दोस्रो बलमा ४ रन, तेस्रो बलमा १ रनमात्रै दिए। पाँचौं बलमा एन्ड्रियू फेकेटलाई प्रतिश जिसीबाट क्यादच आउट गराए। अन्तिम बलमा चौका हानेपनि अस्ट्रेलिया पराजित भएको हो। अस्ट्रेलियाका लागि ज्याक उडले नट आउट ५५ रन बनाए। उनले १६ बलमा ४ चौका र ६ छक्का हाने।
पहिले ब्याटिङ गरेको नेपालले २ विकेट मात्रै गुमाएर १११ रन बनाएको थियो। त्यसक्रममा सन्दीप जोराले १६ बल खेलेर ५ चौका र ४ छक्का हान्दै ५१ रन बनाए। लोकेश बमले १३ बलमा ३ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाए। त्यस्तै विवेक यादवले १२ रन बनाए। रसिद खान १२ रन र नारायण जोशी १ रन बनाएर नट आउट रहे। बलिङतर्फ ज्याक उडले २ विकेट लिए।
जितसँगै नेपाल समूह बी को समूह बिजेता बन्दै क्वाटरफाइनल प्रवेश गरेको छ। नेपालले यसअघि पहिलो खेलमा इंग्ल्याण्डलाई पराजित गरेको थियो। अस्ट्रेलियासँग पनि पराजित भएपछि इंग्ल्याण्ड समूह चरणबाटै बाहिरिसकेको छ। क्वाटरफाइनलमा नेपालले अब श्रीलंकासँग खेल्नेछ। खेल आजै दिउँसो साढे १ बजे हुनेछ।
प्रकाशित मिति: २०२४-११-०२ , समय : ०९:३४:१२ , ५ घन्टा अगाडि