रुपन्देही खबर , २३६ पटक हेरिएको
भैरहवा, कार्तिक १४
लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) निकट लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय सचिवमा रुपन्देहीका जैनुद्दीन देवान मनोनित हुनु भएको छ । संघका केन्द्रीय अध्यक्ष रोशन कुमार मिश्रले बिहीबार उहलाई सचिवमा मनोनयन गर्नु भएको हो ।त्यस्तै रुपन्देहीका अजय कुमार जैसवाललाई लोकतान्त्रिक विद्यार्थी संघको उपाध्यक्ष तथा रुपन्देहीकै धिरज पाल, अमन बनिया, आकाश यादव र जीवन तिवारीलाई केन्द्रीय सदस्यमा मनोनयन गरिएको छ ।
त्यसै गरी अध्यक्ष मिश्रले संघको पदाधिकारी तथा सदस्यहरुमा विभिन्न जिल्लाका विद्यार्थी नेताहरुलाई मनोनयन गर्नु भएको छ । संघको संशोधित विधान अनुसार उहाहरुलाई मनोनयन गरिएको हो । योसँगै लोकतान्त्रिक विद्यार्थी संघको केन्द्रीय कार्यसमिति १३३ सदस्यीय भएको छ ।
प्रकाशित मिति: २०२४-१०-३० , समय : २१:३३:०६ , ३ हप्ता अगाडि