उर्मिला यादव यात्री , १९२ पटक हेरिएको
भैरहवा, कार्तिक ११
सामुदायिक धर्मशाला संरक्षण समिती सिद्धार्थनगर २ मेउडिहवा रुपन्देहीले शनिवार एक कार्यक्रमका बिच रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समितीका अध्यक्ष श्याम कोहारको अध्यक्षता तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष छेदीलाल श्रीवास्तवको प्रमुख आतिथ्यतामा सिनपा २ मेउडिहवामा रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी सिनपा २ का वडाध्यक्ष श्रीवास्तवले रक्तदान नै जिवन दान भन्ने मुुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाले पछिल्लो समय बढदै गएको रगतको अभावलाई मध्यनजर गर्दै रक्तदान कार्यक्रमको आयोजना गरिएकोले आगामी दिनमा पनि सिनपा वडा नम्बर २ कार्यालयको सहयोग रहने प्रतिबद्धता समेत गर्नु भएको छ ।
यस्तै गरी समितीका अध्यक्ष श्याम कोहारले सिनपा वडा नम्बर २ मा पहिलो पटक रक्तदान कार्यक्रम गर्न पाउदा एकदमै खुसी लागेको बताउनु भएको छ । उहाले रक्तदान नै महादान भएको बताउदै बिरामीहरूले रगतको अभावमा ज्यान गुमाउन नपरोस भन्ने उदेश्यका साथ रक्तदान कार्यक्रम आयोजना गरेको बताउनु भएको छ । उहाले आगामी दिनमा समेत यस समितीले यस्तै कार्यक्रमलाई निरन्तरता दिदै जाने जानकारी दिनु भएको छ ।
सामुदायिक धर्मशाला संरक्षण समिती सिद्धार्थनगर २ मेउडिहवाका सदस्य रामप्रसाद कोहारको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी बेलहिया उपशाखाका उपसभापति राकेश गुरुङ, सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवम वडा नम्बर ४ का वडाध्यक्ष मुक्तिनाथ यादव भोला लगायतले रक्तदानको महत्वबारे जानकारी दिदै यस्ता कार्यक्रमलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको थियो । भने कार्यक्रम संचालन समितीका सदस्य बिरेन्द्र कुमार कोहारले गर्नु भएको थियो ।
नेपाल रेडक्रस सोसाइटी बेलहिया उप–शाखा, रुपन्देहीको समन्वय तथा सिद्धार्थनगर नगरपालिका वडा नम्बर २ कार्यालयको सहकार्यमा निर्माणाधिन सामुदायिक धर्मशाला भवनमा रक्तदान कार्यक्रम गरिएको थियो । कार्यक्रममा ३२ यूनिट रगत संकलन गरिएको समितीका अध्यक्ष श्याम कोहार जानकारी दिनु भएको छ ।
प्रकाशित मिति: २०२४-१०-२७ , समय : १२:३९:३३ , १ महिना अगाडि