बंगलादेशविरुद्धको पहिलो टेस्टमा दक्षिण अफ्रिका विजयी

रुपन्देही खबर , ७२  पटक हेरिएको

काठमाडौँ ,कार्तिक ८

दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको पहिलो टेस्टमा ७ विकेटको जित हासिल गरेको छ । टेस्टको पाँचौं दिन बंगलादेशले दिएको १०६ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

यस टेस्टको पहिलो इनिंगमा बंगलादेशले केवल १०६ रन मात्र बनाएको थियो भने दक्षिण अफ्रिकाले ३०८ रन बनाएको थियो । त्यस्तै बंगलादेशले दोस्रो इनिंगमा कमब्याकको प्रयास गर्दै ३०७ रन बनाएको थियो तर त्यो पर्याप्त भने भएन । यो टेस्ट जितेर दक्षिण अफ्रिकाले २ खेलको सिरिजमा १-० को अग्रता हासिल गरेको छ । अब सिरिजको दोस्रो खेल अक्टोबर २९ देखि हुनेछ ।

प्रकाशित मिति: २०२४-१०-२४ , समय : १२:१४:५० , ६ घन्टा अगाडि