कार्तिक २४ बाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट नियमित अन्तर्राष्ट्रिय उडान हुने

रुपन्देही खबर , १२९  पटक हेरिएको

काठमाडौं, कार्तिक ७

प्रधानमन्त्री केपी शर्मा ओलीले भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पनि नियमित रूपमा अन्तर्राष्ट्रिय उडान हुने बताउनु भएको छ । बुधबार सरकारको १०० दिनमा भएका उपलब्धिहरू सार्वजनिक गर्दै फ्लाई दुबई र जजिरा एयरवेजले भैरहवामा उडान गर्ने उल्लेख गर्नु भएको हो । कार्तिक २४ गतेदेखि उक्त विमानस्थलमा नियमित उडान हुन लागेको हो।

‘अब आउँदो कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौं हुँदै भैरहवादेखि दुबईको उडान सुरू हुनेछ,’ उहाले भन्नु भयो । फ्लाई दुबईले सातै दिन दुबई (भैरहवा र काठमाडौं हुँदै भैरहवा (दुबई उडान भर्नेछन । त्यस्तै जजिरा एयरवेजले तीन दिन भैरहवा र कुवेत एवं कुवेत र भैरहवाबीच सिधा उडान भर्ने तालिका स्वीकृत भएको उहाले जानकारी दिनु भएको छ ।

उहाले प्रयोगमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन सरकारले ठोस कदम चालेको समेत बताउनु भएको छ । ‘राम्ररी सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको छ। भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाई इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रबन्ध गर्न सफल भयौं,’ प्रधानमन्त्री ओलीले भन्नु भयो ।

प्रकाशित मिति: २०२४-१०-२३ , समय : २०:२३:३० , ५ घन्टा अगाडि