जसपा रुपन्देहीको बिस्तारित बैठक सम्पन्न, जसपा नेपालको चार महिने अभियानलाई सफल बनाउन आग्रह

उर्मिला यादव यात्री , १६९  पटक हेरिएको

भैरहवा, कार्तिक ६

जनता समाजवादी पार्टी नेपाल जसपा जिल्ला कार्यसमिती रुपन्देहीले सोमबार भैरहवामा बिस्तारिक बैठक एवम दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । जसपा नेपाल रुपन्देही जिल्ला अध्यक्ष सियाराम यादवको अध्यक्षता तथा जसपाका केन्द्रिय सदस्य साबित्रा बि.क.को प्रमुख आतिथ्यतामा बिस्तारिक बैठक एवम दिपावली तथा छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथी केन्द्रिय सदस्य साबित्रा बि.क.ले जसपाले चालेको जनता संग जसपा नेपाल चार महिने अभियानलाई सफल बनाउन आग्रह गर्नु भएको छ । उहाले बुटवलबाट सुरुवात भएको यो अभियानले बुटवलमा राम्रो प्रभाव परेको समेत जानकारी दिनु भएको छ । उहाले बुटवलबाट २७ जनालाई रोहिणीमा हुने आमसभामा पार्टी प्रवेश गराउने समेत जानकारी दिनु भएको छ । केन्द्रीय सदस्य बि.क. ले पार्टीमा भएका कमी कमजोरीहरुलाई सच्याउदै रुपन्देही जिल्लामा मात्र नभई लुम्बिनी प्रदेशमा नै जसपा पार्टीलाई बलियो पार्टीको रुपमा चिनाउने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तैै गरी जनता समाजवादी पार्टी लुम्बिनी प्रदेशका कार्यवाहक अध्यक्ष रामअवतार यादवले जनता समाजवादी पार्टी नेपालले मधेश जनबिद्रोह देखी अहिले सम्म देशका बिभिन्न जनजाती समुदायका अधिकारका मुद्धाहरु संगै र साहसिक कार्य संगै संघियताको जननिर्णय नै जसपा भएको बताउनु भएको छ । उहाले जसपाले देशमा भएका बिभिन्न बिकृतीहरुलाई चिर्दै आगामी दिनमा देशको अवस्था र स्थिती परिर्वतनको लागी महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ । उहाले जसपाले संबिधानमा भएका त्रुटिपुर्ण मुद्धाहरुलाई सच्याउदै देशमा भिषण आन्दोलन मार्फत आमुल परिर्वतन ल्याउनका लागी नै चार महिने अभियानमा जुटेकोे बताउनु भएको छ । उहाले संगठन निमार्ण गर्ने जसपाको यो अभियानलाई सफल बनाउन समेत आग्रह गर्नु भएको छ ।

यस्तै गरी जनता समाजवादी पार्टी नेपाल जिल्ला कार्यसमिती रुपन्देहीका अध्यक्ष सियाराम यादवले पार्टीमा सक्रिय भएर काम गर्न नेता तथा कार्यकर्ताहरुलाई आग्रह गर्नु भएको छ । उहाले जिल्लामा निस्कृय रहेका सदस्यहरुलाई कडाइ गरेको बताउदै पदको मयार्दामा बस्न जोड दिदै आगामी दिनमा कार्य बिभाजन गरी आ आफनो क्षेत्रमा खरो उत्रिने समेत बताउनु भएको छ । अध्यक्ष यादवले पार्टीमा भएका कमी कमजोरीलाई सुधार गर्दै अब छिटटै नै रुपन्देहीमा पार्टी कार्यालय स्थापना गर्ने प्रतिबद्धता समेत गर्नु भएको छ ।

यस्तै गरी जसपा नेपालका पूर्व संघीय परिषद् सदस्य तथा रोहिणी गाउपालिकाका अध्यक्ष बिद्या प्रसाद यादवले जसपालाई मजबुत बनाउने अभियानमा लागेको बताउनु भएको छ । उहाले गाउगाउमा गएर जनता संग जसपा लगायतका अभियानका साथ जनताको माझ गएको बताउनु भएको छ । उहाले जसपामा शुद्धिकरण अभियान नै चलाएर २०८४ मा जसपालाई पहिलो पार्टी बनाउने अभियानका साथ काम गर्दै आएको बताउनु भएको छ । उहाले सबै क्षेत्रबाट एकजुट भएर काम गर्नुपर्ने नै जसपाको आवश्यकता भएको उल्लेख गर्नु भयो । उहाले जनतासंग जसपा अभियानमा सबैलाई एकजुट हुन आग्रह गर्दै जनताको आशा र भरोसालाई जित्न आग्रह गर्नु भएको छ ।

जसपा रुपन्देहीका जिल्ला उपाध्यक्ष नवलकिशोर सिंहको स्वागत मन्तब्य रहेको कार्यक्रममा थरुहट तराई राष्ट्रिय समितीका उपाध्यक्ष ब्यासमुनी चौधरी, जसपाका केन्द्रिय सदस्य रिता यादव, जसपा लुम्बिनी प्रदेश सदस्य गोबिन्द यादव, बच्चुलाल केवट, जसपा जिल्ला कार्य समिती रुपन्देहीका कोषाध्यक्ष सुनिता खडलुग, समाजवादी महिला संघ रुपन्देहीका अध्यक्ष नितु पाण्डे, जसपा रुपन्देहीका जिल्ला उपाध्यक्ष शशिला थारु, जसपा नेपाल सिद्धार्थनगर कमिटीका उपाध्यक्ष मनोज प्रजापति, जसपा नेपाल गैडहवा गाउपालिका अध्यक्ष शिव कुमार यादव, जसपा नेपालको भातृ संगठन समाजवादी बिद्यार्थी युनियनका केन्द्रिय सचिव एवम लुम्बिनी प्रदेश अध्यक्ष राहुल यादव लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन जनता समाजवादी पार्टी नेपाल जसपा जिल्ला कार्यसमिती रुपन्देहीका सचिव बिष्णु अधिकारीले गर्नु भएको थियो ।

जनता समाजवादी पार्टी नेपाल जसपा जिल्ला कार्यसमिती रुपन्देहीको बिस्तारिक बैठकले जसपा लुम्बिनी प्रदेशको कोषाध्यक्षमा रोहिणी गाउपालिकाका अध्यक्ष बिद्या प्रसाद यादव चयन गरेको छ । यस्तै गरी लुम्बनी प्रदेश कार्यकारिणी सदस्यमा जसपा लुम्बिनी प्रदेश सदस्य बच्चु लाल केवट र गौतम यादवलाई चयन गरिएको छ ।

प्रकाशित मिति: २०२४-१०-२२ , समय : १२:१०:४७ , ४ घन्टा अगाडि