उद्योगी ब्यवसायीलाई सहजसेवा उपलब्ध गराउने उदेश्यसहित सिद्धार्थनगरमा घुुम्ति शिविर

रुपन्देही खबर , १३६  पटक हेरिएको

भैरहवा, कार्तिक ४

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले उद्योगी ब्यवसायीलाई सहज सेवा उपलब्ध गराउने उदेश्यले घुुम्ति शिविर सुुरु गरेको छ । नगर क्षेत्रभित्र रहेका उद्योग एवंम व्यवसाय फर्मको दर्ता, व्यवसायकर, नविकरण सम्बन्धि सवै सेवा वडा, टोलबाट प्रधान गर्ने गरी सिविर सचांलनमा ल्याईएको नगरपालिकाका राजश्व शाखा प्रमुख कमलकान्त खनालले जानकारी दिनु भएको छ । उहाका अनुसार आईतवारबाट सुरु गरीएको यो शिविर आगामी मंसिर २४ गतेसम्म विभिन्न वडाहरुमा सचांलन हुनेछ ।

शिविरको आईतवार वडा नं ७ मा सुुरुवात गर्दै सिद्धार्थनर नगरपालीकाका प्रमुख ईस्तियाक अहमद खाँले दर्ता, ईजाजत नलिई सचांलन भैरहेका वा लामो समय देखि नविकरण नगरेका व्यवसायिलाई घुम्ति शिविर मार्फत लाभ लिन आग्रह गर्नु भएको छ । उहाले व्यवसाय कर दर्ता नभएका वा व्यवसाय कर बक्यौता बुुझाउन बाँकी रहेका फर्महरुलाई आगामी पुस मसान्त सम्मको लागी लाग्ने जरिवानामा शतप्रतिशत र करमा आंशिक छुट समेत रहेकाले समयमा नै उक्त छुट सुविधाको उपभोग गर्न समेत आग्रह गर्नु भएको छ । शिविर कार्तिक ४ देखी ६ गतेसम्म वडा नं ७, ७ देखी ९ सम्म वडा नं ९, ११ देखी १२ सम्म वडा नं २, २७ देखी २९ सम्म वडा नं ८ मा सचांलन हुुने छ । त्यस्तै मसिंर २ गते देखी ४ सम्म वडा ६, ५ देखी ७ सम्म वडा नं १२, ९ देखी ११ सम्म वडा नं ५ र १३ तथा मंिसर १२ मा वडा नं ११ मा सचांलन हुनेछ ।

त्यस्तै मंसिर १३ मा वडा नं १०, १४ र १६ मा वडा नं ४, १७, १९ र २० मा वडा नं ३ मा सचांलन हुने छ । मंसिर २१, २३ र २४ मा वडा नं १ मा शिविर सचांलन हुने छ । नगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत जनक थापाले सिद्धार्थनगरको १६औं नगरसभावाट स्वीकृत नीति तथा कार्यक्रम बमोजिम आर्थिक बर्ष २०८१÷ ०८२ लाई कर सहभागीता बर्ष घोषणा गरीएको र यसलाई प्रभावकारी बनाउन शिविर सचांलन गरीएको बताउनु भएको छ ।

 

प्रकाशित मिति: २०२४-१०-२० , समय : १७:२१:४५ , २ दिन अगाडि