रास्वपाका सभापति रवि लामिछानेलाई पक्राउ गरिएको विरोधमा भैरहवामा प्रदर्शन

रुपन्देही खबर , १८२  पटक हेरिएको

भैरहवा, कार्तिक ४

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक प्रतिशोध राखेर पक्राउ गरिएको भन्दै रुपन्देहीको भैरहवामा बिरोध प्रर्दशन गरिएको छ ।  रास्वपा जिल्ला कार्यसमिति रुपन्देहीले शनिबार भैरहवाको बुद्धचोकमा पार्टीका नेता तथा कार्यकर्ताहरूले विरोध प्रर्दशन गरेका हुन ।

 

विरोध सभामा (रास्वपा जिल्ला सभापति बुद्धि प्रसाद शर्मा, बुटवल उपमहानगरपालिका सभापति राजन पाण्डे, तिलोत्तमा नगर सचिव कृष्ण तिवारी लगायतको सहभागीता रहेको थियो । बिरोध प्रर्दशनमा सहभागीहरुले वास्तविक सहकारी ठगलाई कारवाहीको नभएको तर, राजनीतिक प्रतिशोध राखेर रवि लामिछानेलाई पक्राउ गरिएको दावी गरेका छन ।

 

प्रकाशित मिति: २०२४-१०-२० , समय : १०:१०:५८ , २ दिन अगाडि