आफनै श्रीमती हत्या गरेको अभियोगमा रुपन्देहीमा एक जना पक्राउ

रुपन्देही खबर , २५४  पटक हेरिएको

भैरहवा, असोज ३०

रुपन्देहीमा आफ्नै कान्छी श्रीमती हत्या गरेको अभियोगमा मंगलबार एक जना पक्राउ परेका छन । पक्राउ पर्नेमा देवदह नगरपालिका ९ भलुही बस्ने ५० वर्षिय दशरथ चौधरी रहेका छन । चौधरीले आफनै कान्छी श्रीमती ४० वर्षिय सुनिता भट्टराई चौधरीको हत्या गरेको प्रहरीले जनाएको छ ।

दशरथले चक्कु प्रहार गर्दा गम्भीर घाइते भएकी सुनिताको देवदह मेडिकल कलेज भलुहीमा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट भलुही र इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-१६ , समय : १४:४२:२८ , २ दिन अगाडि