माविस्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न

मायादेबी ईग्लिस बोडिङ्ग स्कुल प्रथम

गौरीशंकर जयसवाल , ४३५  पटक हेरिएको

परासी, असार १३

पश्चिम नवलपरासीमा माविस्तरीय वक्तृत्वकला प्रतियोगिता आर्दश मावि परासीमा सम्पन्न भएको छ । रामग्राम नगरपालिकाको शिक्षा शाखाको आयोजनामा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो । मानव स्वास्थ्यको सरोकार योग भोजन प्रभावको बिषयको बारेमा मावि स्तरीय वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको शिक्षा शाखा प्रमुख रुद्रप्रसाद रेग्मीले जानकरी दिनु भएको छ ।

 

वक्तृत्वकला प्रतियोगितामा मायादेबी ईग्लिस बोडिङ्ग स्कुलका तुल्सी पटेल प्रथम ,हिलोरियस चिड्रेन एकेडमीका शिव बानियाँ द्वितिय, जनता माविका कृति गोसाई तृतीय र लिटिल एञ्जल्सकी सुष्मा गिरी सान्त्वना भएका छन । प्रथम द्धितिय,तृतिय र सान्त्वना हुनेलाई क्रमश तीन हजार, दुइ हजार पाच सय ,दुई हजार, र सान्त्वना हुने लाइ एक हजार नगद सहित पुरस्कृत गरिएको शिक्षा शाखा अधिकृत सुन्दर खनालले जानकारी दिनु भएको छ ।

 

शिक्षा शाखा रुद्रप्रसाद रेग्मीको संयोजकत्वमा तथा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नगरप्रमुख यादवले बिधार्थीहरुले आफनो क्षमता देखाउन नै उत्तम कार्य भएको भन्दै पढाई बाहेक बाह्रय क्रियाकलापहरुमा सहभगिता अनिवार्य रहेको बताउनु भएको छ । उहाले बिधार्थीहरुको पठन पाठनलाई संगै शैक्षिक गुणस्तर बढाउन खोजिएको बताउनु भएको छ । वक्तृत्वकला प्रतियोगितामा १६ वटा संस्थागत र सामुदायिक बिद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : २२:३६:२१ , २ वर्ष अगाडि