भैरहवामा डाण्डिया नाइट कार्यक्रम

दशैतिहारको रौनक फेरि फर्किएको भैरहवावासीको आभास

उर्मिला यादव यात्री , ३६६  पटक हेरिएको

भैरहवा, असोज २५

रुपन्देहीको भैरहवामा डाण्डिया नाइट कार्यक्रम सम्पन्न भएको छ । श्री श्री सार्वजनिक दुर्गा पुजा समिती अखाडा नम्बर२ सिद्धार्थनगरको आयोजना तथा ड्रिम क्रिएसन इभेण्ट म्यानेजमेण्टको सहआयोजनामा भैरहवाको मिलनचोकमा बिहीबार डाण्डिया नाइट कार्यक्रम सम्पन्न भएको हो ।

भैरहवाका युवा ब्यवसायी तथा समितीका अध्यक्ष रबि जयसवालको अध्यक्षतामा भएको डाण्डिया नाइट कार्यक्रमले भैरहवामा दशै तिहारको रौनक फेरि फर्काएको सहभागीहरुले बताएका छन । १० बर्ष अगाडी भैरहवामा दशै तिहारको रौनक हेर्न बिभिन्न ठाउबाट मानिसहरु आउने गरेका थिए बिस्तारै त्यो हराएको भए पनि अहिले फेरि त्यो रौनक र संस्कृती फकिर्दा भैरहवामा छुटटै माहोल बनेको छ । आगामी दिनमा पनि सिद्धार्थनगर भैरहवामा डाण्डिया नाचको छुटटै पहिचान स्थापित गर्दै यसको सुरुवात गर्दै लैजाने भैरहवाका अध्यक्ष जैसवालले बताउनु भएको छ ।

अध्यक्ष जैसवालले पछिल्लो समय बढदो शहरीकरण र बसाइसराइले गर्दा पहिलाको तुलनामा दशैको रौनक र मौलिकता हराउन थालेपछि मैत्रीपथका युवाहरु मिलेर यसको संरक्षणको लागी डाण्डिया नाइट कार्यक्रम आयोजना गरेकोे बताउनु भएको छ । उहाले भन्नु भयो, पहिला आफ्ना आफन्त नातेदार, दाजुभाइसँगै एकै ठाउँमा बस्थे र हरेक चाडपर्वमा जम्मा भई दुःख सुख साटासाट हुन्थ्यो । अहिले आएर अबसर र सुखद भविष्यको खोजीमा सुबिधा सम्पन्न ठाउँमा बसाइँ सर्ने प्रक्रिया तिव्र भएकोले आफ्ना र आफन्त बीचमा दुरी बढेकोले सबैलाई एकै ठाउमा जम्मा गर्ने उदेश्यका साथ डाण्डिया नाइट कार्यक्रम आयोजना गरेको र आज देखी विशाल भव्य भगवती रात्री जागरणको आयोजना समेत गरिएको बताउनु भएको छ ।

समाजमा छरिएर रहेका बिभिन्न संघसंस्था तथा समुदायका महिलाहरुलाई एकजुट गराउने र बिजयादशमीको शुभकामना आदानप्रदान गर्ने उदेश्यका साथ आयोजना भएको डाण्डिया नाइट कार्यक्रममा रुपन्देही जिल्लाका ५ सय जना भन्दा बढी महिलाहरुको सहभागिता रहेको थियो भने कार्यक्रम संचालन कार्यक्रम संयोजक तथा समितिका उपाध्यक्ष दिपेश गुप्ताले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-११ , समय : १२:१८:२७ , २ हप्ता अगाडि