श्री श्री नव दुर्गा पुजा समिती रुपन्देहीद्धारा भैरहवामा बिशाल रात्री जागरण

उर्मिला यादव , २३६  पटक हेरिएको

भैरहवा, असोज २५

श्रीश्री नवदुर्गा पुजा समिती सिनपा ६ गल्लामण्डी भैरहवा रुपन्देहीले नेपालीहरुको महानपर्व बिजयादशमीको अवसरमा बिहीबार भैरहवामा बिशाल रात्री जागरण कार्यक्रम २०८१ सम्पन्न गरेको छ । श्री श्री दुर्गा पुजा समिती कार्यक्रम संयोजक अशोक कुमार शाहको अध्यक्षता तथा जनता समाजवादी पार्टी जसपा नेपालका जिल्ला अध्यक्ष सियाराम यादवको प्रमुख आतिथ्यतामा रात्रि जागरण कार्यक्रम २०८१ भब्य रुपमा सम्पन्न भएको छ । रात्री जागरणको उदघाटन गर्नुहुदै प्रमुख अतिथी जसपाका रुपन्देही अध्यक्ष यादवले युवाहरुले गरेका हरेक सामाजिक क्रियाकलापमा आफनो सहभागिता र साथ सहयोग रहने प्रतिबद्धता गर्नु भएको छ ।

अध्यक्ष यादवले धर्म–संस्कृतिको संरक्षण गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाले यसअघि पनि रात्री जागरण आयोजना गरिएको र यसवर्ष पनि निरन्तरता दिइएको जानकारी दिनु भएको छ ।

श्री श्री दुर्गा पुजा समिती कार्यक्रम संयोजक अशोक कुमार शाहले रात्री जागरण कार्यक्रममा बोल्दै यो जागरण हिन्दु धर्मावलम्बीहरुको महत्वपुर्ण परम्परा र संस्कृती भएको बताउनु भएको छ । उहाले आफनो धर्म र संस्कृतीको संरक्षणको लागी रात्री जागरणको आयोजना गरेको बताउनु भएको छ ।

मिथिलान्चल समाज रुपन्देहीका अध्यक्ष तथा समितीका सल्लाहकार अमर कुमार झा को स्वागत मन्तब्य रहेको कार्यक्रममा समितीका बरिष्ठ सल्लाकार भैरव प्रसाद कलवार, समितीका बरिष्ठ सल्लाकार तथा पश्चिमान्चल इंगलिस बोडिंग हाइ स्कुलका प्राचार्य राजु शर्मा ढकाल सिनपा वडा नम्बर ६ का वडाध्यक्ष बिरेन्द्र श्रीवास्तव, लगायतले शुभकामना मन्तब्य राख्नु भएको थियो । बिशाल श्रीवास्तवले संचालन गर्नु भएको रात्री जागरण कार्यक्रममा समाजसेवी भैरव प्रसाद कलवार, समितीका सल्लाहकार राजु शर्मा ढकाल, समाजसेवी अशोक कुमार जैसवाल,आनन्द प्रसाद गुप्ता, गुलाबचन्द गुप्ता, रामु यादव, बिकास यादव, अर्जुन प्रसाद जैसवाल,सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, बिनोद निरन्जन यादव, तार्केश्वर कान्दु , अजय सोनी, समितीका अध्यक्ष सन्तोष केवट लगायतको सहभागिता रहेको थियो ।

यस्तै गरी रात्री जागरण कार्यक्रममा भारतीय कलाकारहरु प्रमोद चन्चल, रेनु शर्मा, नेहा सिंह, सन्नी सिंह, सन्नी सावरीया लगायतको टीमको सहभागितामा भव्य जागरण कार्यक्रम गरिएको छ । त्यस्तै निरज रोमा इन्टरनेशनलको झाँकी र डांडिया कार्यक्रम समेत गरिएको थियो । कार्यक्रममा समाजमा बिभिन्न किसिमका योगदान पुरयाएका ब्यक्तित्वहरुलाई प्रशंसापत्रद्धारा सम्मान गरिएको थियो ।

प्रकाशित मिति: २०२४-१०-११ , समय : ०६:४९:०८ , १ हप्ता अगाडि