अमरज्योति बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष ध्रुव नेपाल

रुपन्देही खबर , १७८  पटक हेरिएको

बुटवल, असोज २१

रुपन्देहीको बुटवल–११ कालिकानगरमा सञ्चालित अमरज्योति बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सोह्रौं वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन हालै सम्पन्न भएको छ । अधिवेशनले ध्रुव नेपालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ । समितिका उपाध्यक्षमा लक्ष्मण प्रसाद ज्ञवाली, सचिवमा तुल्सा शर्मा ज्ञवाली र कोषाध्यक्षमा मेघराज पन्थलाई चयन गरेको छ । त्यस्तै सदस्यहरूमाः कमल न्यौपाने, दुर्गादेवी गौतम आचार्य, चिरञ्जीवी नेपाल, तुल्सीप्रसाद न्यौपाने यादव प्रसाद पन्थी, रञ्जता थापा क्षेत्री, तुलबहादुर खत्री निर्वाचित हुनुभएको छ । त्यस्तैः जगत बहादुर खड्काको संयोजकत्वमा पिताम्बर पन्थी र राजेश अधिकारी सदस्य रहेको लेखा समिति पनि सर्वसम्मत चयन गरेको छ ।

त्यसअघि संस्थाका अध्यक्ष केशवराज पोखरेलको अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष, सचिव तथा कोषाध्यक्षका प्रतिवेदन सर्वसम्मतिले पारित गरेको थियो । सोही अवसरमा शेयर सदस्यका १० जना जेष्ठ नागरिक अभिभावक सम्मान गरिएको थियो । विभिन्न छात्रवृत्ति हासिल गर्ने तथा एस.एल.सी. मा उत्कृष्ट अंक हासिल गर्ने ५ जना शेयर सन्ततिलाई सम्मान गरिएको थियो ।

संस्थाका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको साधारण सभामा संस्थाका सल्लाहकार धु्रव नेपाल, संस्थापक अध्यक्ष मिनराज ज्ञवाली निवर्तमान अध्यक्ष टंकनाथ अधिकारी, उपाध्यक्ष कृष्णप्रसाद पौड्याल, शेयर सदस्य पुष्पा रायमाझी, केदारनाथ नेपाल, सम्मानित विद्यार्थीहरूः शुभम् ज्ञवाली, लक्ष्मी गैह्रे, छिमेकी संस्था अध्यक्षहरू लगायतले बोल्नुभएको संस्थाका व्यवस्थापक सरिता नेपालले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २०२४-१०-०७ , समय : १९:५२:५६ , २ महिना अगाडि