उर्मिला यादव यात्री , १८५ पटक हेरिएको
भैरहवा, असोज २१
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीले आइतबार एक कार्यक्रमका बिच ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु गरेको छ। सञ्चार प्रविधिको बढ्दो प्रयोगसँगै रक्त सञ्चार सेवालाई पनि अत्याधुनिक, व्यवस्थित, मितव्ययी, जवाफदेही, पारदर्शी तथा डिजिटल रुपमा सञ्चालन गर्न सफ्टवयेर र माबाईल एप सञ्चालनमा ल्याइएको हो । कार्यक्रमको उदघाटन गर्दै नेपाल रेडक्रस सोसाईटी लुम्बिनी प्रदेश अध्यक्ष लालप्रसाद पंगेनी कृष्ण ले सफ्टवयेर र मोबाईल एपले रक्त सञ्चार र रक्तदान अभियानलाई थप प्रभावकारी बनाउन सहयोग गर्ने बिश्वास ब्यक्त गर्नु भएको छ ।
उहाले रुपन्देहीमा रगतको सहजताको लागी करिब ५ सय भन्दा बढी संघसंस्थाहरुले खेलेको भुमिका र नियमित रुपमा रक्त संकलन गरी महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण संघसंस्थाहरुलाई धन्यवाद दिदै यो सफ्टवेयर तथा मोबाइल एपबाट सहज ढंगले रगत ब्यवस्थापनमा मदत पुग्ने बताउनु भएको छ । उहाले आगामी दिनमा परिमार्जन र परिस्कृत गर्दै रुपन्दही शाखाले ब्लड बैंक संग सम्बन्धित सम्पुर्ण काम सक्रियताका साथ गर्ने र पैसाको अभावमा रगतबाट वञ्चित हुन नपर्ने उल्लेख गर्दै रक्तदान सम्बन्धी अभियानमा सबैलाई जोडिन आग्रह समेत गर्नु भएको छ ।
नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका कोषाध्यक्ष शुशील गुरुङले नेपाल रेडक्रस सोसाईटीले रेडक्रस भन्दा पनि समुदायसंग सरोकार राख्ने बिषय भएकोले समुदायका रेडक्रस ब्लड बैंक अन्र्तगत रक्त संचार सेवालाई अत्याधुनिक प्रबिधि मैत्री बनाउने उदेश्यले ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु गरेको बताउनु भएको छ । रक्त सञ्चार सफ्टवयर अन्र्तगत सम्पूर्ण डाटावेश, रक्तदान गरेका व्यक्तिलाई धन्यवाद,जन्मदिनमा शुभकामना सहित एसएमएस नोटिफिकेसन, स्वचालित बिलिङ सिस्टम र बिल प्रिन्ट गर्न मिल्ने, व्यक्तिगत युजर तथा पासवर्ड, ल्याब रिर्पाेट, डोनर कार्ड, डोनर सर्टिफिकेट तथा नगद भौचर ईमेलमार्फत पठाउन मिल्ने, डोनर सर्टिफिकेट प्रिन्ट गनै मिल्ने,रगत एक्सपाइरी सिस्टम , अनलाईन एक्सेस,निरीक्षण र नियन्त्रण हुने,मोवाइल एप मार्फत रक्तदाताले आफनो मोवाइलमा ब्यक्तिगत बिवरण हेर्न, डोनर कार्ड र सम्बन्धित पालिका अन्तर्गत रहेका रक्तदाताको नाम ,सम्पर्क नम्बर उपलब्ध गराइने रेडक्रसका कोषाध्यक्ष शुशील गुरुङले जानकारी दिनु भएको छ । उहाले यस भन्दा अघि गरिएका रक्तदानको बिवरण पनि सफटवेयरमा क्रमिक रुपमा अपडेट गरिने समेत बताउनु भएको छ ।
यस्तै गरी नेपाल रेडक्रस रुपन्देहीका सभापति दीपक क्षेत्री न्यौपानेले रुपन्देहीमा सञ्चालनमा ल्याइएको सफ्टवेयर तथा मोबाईल एप नेपालमै पहिलो भएको बताउनु भएको छ । उहाले यस आ.ब. २०८०। ८१ मा मात्रै ३४ हजार ६ सय १७ पिन्ट रगत बिरामीलाई रगत उपलब्ध गराइसकेको बताउनु भयो । उहाले रुपन्देहीका १६ पालिका, कपिलबस्तुका ६, गुल्मीका ५ र अर्घाखाचीका २ पालिका गरी २७ वटा पालिका संग समन्वय गरेर निशुल्क रगत उपलब्ध गराइरहेको बताउनु भएको छ । उहाले मोबाईल एपलाई थप व्यवस्थित र परिमार्जन गर्दै लैजाने बताउनु भएको छ ।
नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुपन्देहीका सभापति दिपक क्षेत्री न्यौपानेको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी लुम्बिनी प्रदेशका अध्यक्ष लालप्रसाद पंगेनीको प्रमुख आतिथ्यतामा ब्लड बैंक सफ्टवेयर तथा मोबाइल एप सुचारु भएको हो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री रामचन्द्र उपाध्यायको रेडक्रस आधारभुत सहसिद्धान्तको पाठ र रेडक्रस रुपन्देहीका उपसभापति रुपमा हिराचनको स्वागत मन्तब्य रहेको कार्यक्रममा लुम्बिनी प्रेस क्लब रुपन्देहीका कार्यबाहक अध्यक्ष कमल रायमाझीले शुभकामना मन्तब्य राख्नु भएको थियो भने कार्यक्रम संचालन नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका उपमन्त्री अर्जुनराज उपाध्यायले गर्नु भएको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सिद्धार्थ उप शाखाका सभापति राजेश जिसी, ब्लड बैंक बुटवलका प्रमुख रामराज शर्मा, सुपर जिल्ला परियोजना प्रमुख दिवाकर सुवेदी, ब्लड बैंक भैरहवा मेडिकल कलेजका प्रमुख पदम बस्याल, लुम्बिनी टेक परिवारका हरि बन्जाडे, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका उपसभापति रुपमा कुमारी हिराचन, प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपाल, प्रेस चौतारीका उपाध्यक्ष भगवती पाण्डे, नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कार्यसमिती सदस्य टेक बहादुर थापा, अल्ताफ हुसेन, जानकी घिमिरे, लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-१०-०७ , समय : ०७:२३:४८ , २ महिना अगाडि