विभिन्न स्थानबाट अवैध लागूऔषध सहित १३ जना पक्राउ

रुपन्देही खबर , २२७  पटक हेरिएको

काठमाडौं, असोज १८

प्रहरीले अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ गरेको जनाएको छ कैलालीको धनगढी उपमहानगरपालिका २ भन्सार चोकस्थित सडकबाट अवैध लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम १ सय मिलिग्राम सहित सोही उपमहानगरपालिका १ पुष्पलाल चोक बस्ने १९ वर्षीया रक्षा लामिछानेलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी त्रिनगरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै गरी दाङ, घोराही उपमहानगरपालिका १० खैराबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय १० मिलिग्राम सहित सोही ठाउँ जलौरा बस्ने २० वर्षीय आकाश बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय नारायणपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै गरी मोरङ, बिराटनगर महानगरपालिका(१५ एक नम्बर ढाँटस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय ३० मिलिग्राम सहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका १५ बस्ने २८ वर्र्षीय कोलेन राई, २८ वर्र्षीय सोनाम तामाङ र सोही उपमहानगरपालिका ७ बस्ने २७ वर्षीय अगम राई रहेका छन । लागूऔषध नियन्त्रण ब्यूरो
बिराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्तपदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै गरी काठमाडौं महानगरापालिका १५ चमती डेरा गरी बस्ने १९ वर्र्र्षीय नबिन रिजालको कोठाबाट अवैध लागूऔषध गाँजाको धुलो करिब २ सय ग्राम, नियन्त्रित लागू औषध नाइट्राभेट ७ सय ६५ ट्याब्लेट, ट्रामाडोल ५ सय ५० ट्याब्लेट, स्ट्रागन ३ सय ७० ट्याब्लेट, स्पास ३० ट्याब्लेट र नगद २९ हजार ७ सय रूपैयाँ सहित काठमाडौं महानगरपालिका १५ चमती बस्ने २६ वर्षीय अनिष महर्जन समेत ६ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।

यस्तै गरी बागमती नगरपालिका १२ बागमती पुलस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट १५ ट्याब्लेट सहित सोही ठाउँ बस्ने २२ वर्षीय प्रेम तामाङ र १९ वर्षीय निशान दोङलाई बिहीबार राति प्रहरीले पक्राउगरेको छ । इलाका प्रहरी कार्यालय कर्मैयाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागु औषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०२४-१०-०४ , समय : १५:१५:३५ , ३ हप्ता अगाडि