संगठनको पहलमा भैरहवाका ८ वटा पसलमा‘दशैं विशेष छुट अफर’

रुपन्देही खबर , १३३  पटक हेरिएको

भैरहवा, असोज १८

चेम्बर अफ कमर्श, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को पहलमा भैरहवाका ८ वटा पसलमा ‘दशैं विशेष छुट अफर–२०८१’ सेवा उपलब्ध हुने भएको छ । नेपालीहरुको महान पर्व दशैं, तिहार, छठपर्व, नेपाल सम्वतको अवसरमा बिहीबारदेखि यो अफर सुरु भएको संगठनका अध्यक्ष दर्पण श्रेष्ठले बताउनु भएको छ ।

चाडपर्वहरुलाई लक्षित गर्दै आम उपभोक्तालाई विभिन्न छुट सुविधा उपलब्ध गराउन पसलहरुमा बिहीबार ब्यानर टांगिएको श्रेष्ठले जानकारी दिनु भयो ।‘मुलुकको अर्थतन्त्र सकंटमा छ । आम उपभोक्ताको क्रयशक्ति पनि घट्दो अवस्थामा छ । दुई–चारवटा घरमा मात्र दशैं आएर हुँदैन । सबैको घरमा दशैं आउनुपर्छ । उपभोक्ताहरुलाई सुविधा दिने उद्देश्यकासाथ चाडपर्वमा सुपथ मूल्यमा सामान उपलब्ध गराउने प्रयासस्वरुप यो कार्यक्रम सञ्चालन गरिएको श्रेष्ठले बताउनु भयो ।

आम उपभोक्तालाई स्वदेशी बजारमै सामान किन्ने बानीको विकास गर्ने अभियान अन्तर्गत पनि यो अफर सञ्चालन गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भएको छ ।

संगठनका वरिष्ठ उपाध्यक्ष तथा कार्यक्रम संयोजक सचिन रोक्काले विगतका वर्षझैं यस वर्ष पनि चाडपर्वको अवसरमा ८ वटा पसलमा दशै विशेष छुट अफर सुविधा रहेको बताउनु भयो ।

प्राइम इलेक्ट्रोनिक टे«डिङ सेन्टर सिद्धार्थनगर–८ बुद्धचोक, शुभ कामाख्या इन्टरप्राइजेज नारायणपथ, नर्थ टेक्नोलोजी सिद्धार्थनगर–१२, कालिका स्टोर्स दिव्य पथ, गौतम टे«ड सप्लायर्स बैंकरोड, साहु बस्यालय बैंकरोड, पवि यूनिसेक्स सैलुन एण्ड एकेडेमी तीनतारा पथ र न्यू श्रेष्ठ गिफ्ट सप लेडिज एण्ड बेबी सप मैत्रीपथमा छुट अफर रहेको रोक्काले बताउनु भएको छ ।

संगठनका वाणिज्य उपाध्यक्ष राम मिलन यादवले यो अफरले उपभोक्ताले यो अफरले उपभोक्ता लाभान्वित हुने विश्वास व्यक्त गर्नु भएको छ । संगठनकी महासचिव लक्ष्मी अधिकारीले यो अफरलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउनु भएको छ ।

उक्त अवसरमा संगठनका अध्यक्ष दर्पण श्रेष्ठ, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, वाणिज्य उपाध्यक्ष राम मिलन यादव, महासचिव लक्ष्मी अधिकारी, सचिव एवं प्र्रवक्ता कृष्ण प्रसाद पाण्डे, कार्यसमिति सदस्य गोविन्द सापकोटा जैसी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२४-१०-०४ , समय : १४:१३:५७ , ३ हप्ता अगाडि