आज साझ ५ बजेदेखि भैरहवामा सडक खाना महोत्सव हुदै

रुपन्देही खबर , १९३  पटक हेरिएको

भैरहवा, असोज १८

सिद्धार्थ होटल संघ नेपालको आयोजनामा आज देखि भैरहवामा सडक खाना महोत्सव हुदैछ । आज साझ ५ बजे देखि भैरहवाको देवकोटा चोकदेखि सुरु हुने सडक खाना महोत्सव को सम्पूर्ण तयारी पुरा भएको कार्यक्रम संयोजक बिनोद खरेलले जानकारी दिनु भएको छ ।


खाना महोत्सव तथा सांगितिक साँझ–२०८१ मा ५० बढी स्तरिय होटलहरुको स्टल रहने उहाले जानकारी दिनु भयो ।
कार्यक्रममा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारहरुको उपस्थिति रहने संघका अध्यक्ष चन्द्र प्रकाश श्रेष्ठले बताउनु भयो ।

महोत्सवमा प्रदेश भरीबाट ५ तारे होटल, ४ तारे होटल, ३ तारे होटल तथा अन्य सुविधा सम्पन्न होटल तथा रेष्टुरेण्टहरुका आकर्षक स्टलहरु रहनेछ । कार्यक्रममा पहिलो दिन दुर्गेश थापा, एलिना चौहान, संजना सिल्क, ईन्दु दनुवार, अफसर अली र वैन्ड–लाइभको प्रस्तुति रहने छ । यस्तै दोश्रो दिन तथा अस्मिता अधिकारी, प्रिती पासवान, प्रशन्सा पाण्डे, मनिष कार्की लगायतको प्रस्तुती रहने कार्यक्रम संयोजक खरेलले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-०४ , समय : १०:२६:५५ , ३ हप्ता अगाडि