श्री श्री नव दुर्गा पुजा समारोह समितिले असोज २४ मा रात्री जागरण गर्ने

रुपन्देही खबर , ३६६  पटक हेरिएको

भैरहवा,असोज १७

हिन्दुहरुको सबै भन्दा ठूलो पर्व दशैको अवसर पारेर भैरहवामा विशाल भव्य भगवती जागरण कार्यक्रमको आयोजना हुने भएको छ । श्री श्री नव दुर्गा पुजा समारोह समितिको आयोजनामा सप्तमीको अवसर पारी असोज २४ गते भैरहवाको पश्चिमाञ्चल स्कुलको पूर्वी गेट, गल्लामण्डीमा रात्री जागरणको आयोजना हुने भएको छ ।

कार्यक्रमबारे जानकारी दिदै समितिका अध्यक्ष सियाराम यादवले धर्म संस्कृतिको रक्षा एवम बजार चलायमान बनाउने उद्देश्य सहित कार्यक्रमको आयोजना गरिएको बताउनु भएको छ । उहाले यस अघि पनि यस्तो कार्यक्रम आयोजना गरिएको बताउदै यस पटक पनि त्यसैलाइ निरन्तरता दिएको बताउनु भयो ।

कार्यक्रममा प्रमोद चन्चल, रेनु शर्मा, नेहा सिंह, सन्नी सिंह, सन्नी सावरीया लगायतको टीमले भव्य जागरण कार्यक्रम गर्ने कार्यक्रम संयोजक अशोक कुमार शाहले जानकारी दिनु भएको छ । यस्तै निरज रोमा इन्टरनेसनलको झाकी र डाण्डीया कार्यक्रम हुने आयोजकले जनाएको छ ।

कार्यक्रम संयोजक अशोक कुमार शाह, समितिका अध्यक्ष सियाराम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा समितिका सल्लाहकारहरु गौतम गुप्ता, राजु ढकाल, शत्रुधन पण्डित, लालमन साह, राहुल यादव, मनोज प्रजापती, गोविन्द यादव लगायतले बोल्नु भएको थियो । कार्यक्रमको संचालन समितिका सल्लाहकार मनोज क्षेत्रीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-०३ , समय : २२:३३:३३ , ३ हप्ता अगाडि