मौसम पूर्वानुमानमा सरकारले हेलचेक्र्याई गर्यो : महासचिव भुसाल

रुपन्देही खबर , १६९  पटक हेरिएको

भैरहवा, असोज १६

नेकपा एकिकृत समाजवादीका महासचिव घनश्याम भुसालले अहिलेको प्राकृतिक विपत्तिमा वर्तमान सरकारले हेलचेक्र्याईँ गरेको टिप्पणी गर्नु भएको छ । मौसम पुर्वानुमान महाशाखाले भनेको कुरालाई सरकारले हेलचेक्राईले गर्दा बाढि र पहिरोबाट धनजनको क्षति भएको उहाले बताउनु भएको छ । रुपन्देहीको ओमसतिया र रोहीणी गाउँपालिकाका अधिवेशनलाई बुधबार सम्बोधन गर्दै यस्तो बताएका हुन् । ‘मौसम पूर्वानुमानले भनिरहेकै थियो, तर सरकारले हेलचेक्रयाई ग¥यो’ महासचिव भुसालले भन्नू भयो –‘ओली सरकारको लापरवाहीले ठूलो जनधनको क्षती भयो, जनताप्रति जवाफदेहि भएन ।’
महासचिव भुसालले एकिकृत समाजवादीले दसै तिहारपछि नयाँ अभियान र आन्दोलन थाल्ने बताउनु भएको छ । उहाले गरिखाने वर्गको नेतृत्व नेकपा एकिकृत समाजवादीले गर्ने बताउन भएको छ उहाले अहिले राजनीतिक दलहरु विचार र ऐजेन्डाविहिन बनेको बताउँदै आफूहरुसँग समाजवादी कार्यक्रम सहित जनतामा जाने बताउनु भएको छ ।
‘राष्ट्रिय पूँजीको विकास गर्दै कृषिबाट आत्मनिर्भर हुने समाजबादी कार्यक्रमहरु कार्यान्वयन गर्छौ’ महासचिव भुसालले भन्नू भयो। उहाले किसान, मजदुर र श्रमजिवि जनताको पक्षमा डटेर काम गर्न पार्टीका नेता कार्यकर्तालाई अनुरोध गर्नु भएको छ ।

यस्तै कार्यक्रममा नेकपा एकिकृत समाजवादीका केन्द्रीय सदस्य सिद्धिचरण भट्टराईले आन्दोलन र पार्टीको संगठन पनि समाजवादी स्वरुपमा आउने बताउनु भएको छ । उहाले समाजवादी कार्यक्रम सहित नेकपा एस अब जनताको विचमा जाने बताउनु भएको छ ।
कार्यक्रममा केन्द्रीय सदस्य बाबुलाल यादव, प्रदेश कमिटि सदस्यहरु बिजयलक्ष्मी पाण्डे, हिराध्वज शाह, आशा चौधरी, लुम्बिनी साँस्कृतिक नगरपालिका अध्यक्ष् सफिउर रहमान अन्सारी, जिल्ला उपसचिव टंक पोख्रेल, नेताहरु सिरेन्द्र कुर्मी, चिरन्जिवि पाण्डे, सिता पोखरेल लगायतले बोल्दै अब जनताको विचमा जानुपर्नेमा जोड दिनु भएको थियो । यसैविच अधिवेशनबाट ओमसतिया र रोहिणि गाउँपालिकामा सर्वसम्मत ३१÷३१ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । रोहिणि गाउँपालिका कमिटि अध्यक्षमामा सिरेन्द्र कुर्मि ( सिन्धु ) र ओमसतिया गाउँपालिका अध्यक्षमा कम्रेड चिरन्जिबि पाण्डे निर्बाचित भएको उपसचिव टंक पोख्रलले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-०२ , समय : २१:३०:५० , २ हप्ता अगाडि