रुपन्देहीमा लागु औषध सहित एक जना पक्राउ

रुपन्देही खबर , ३१९  पटक हेरिएको

भैरहवा, असोज १५

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा कपिलबस्तु नगरपालिका वडा नम्बर १० जगदिशपुर बस्ने ३४ बर्षिय नागराज सिंह क्षेत्री रहेका छन ।

प्रहरीमा अनुसार आइतबार राति साढे ९ बजेको समयमा शुद्धोधन गाउँपालिका वडा नंम्बर ७ सिसवामा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय छपिया रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले क्षेत्रीले चलाएको लु ४० प ६५१९ नम्बरको मोटरसाईकललाई चेकजाँच गर्दा क्षेत्रीको साथबाट लागु औषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ १० पुरिया , ५० ग्राम बरामद गरेको हो ।
पक्राउ परेका क्षेत्रीलाई लागु औषध सहित जिप्रका रुपन्देहीमा थप अनुसन्धानका लागी ल्याइएको र जिल्ला अदालत रुपन्देहीबाट १० दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-१०-०१ , समय : १०:३९:२९ , ३ हप्ता अगाडि