कंचनमा आठौं चाँदनी कप फुटवल प्रतियोगिता शुरु

रुपन्देही खबर , ९१  पटक हेरिएको

कञ्चन, असोज १५

रुपन्देहीको कञ्चनमा दोश्रो ठूलो राशी पुरस्कार रहेको फुटवल प्रतियोगिता चाँदनी कपको आठौं श्रंखला सोमबारबाट शुरु भएको छ । डेढलाख रुपैया पुरस्कार राशी सहितको उक्त प्रतगियोगितामा रुपन्देही, कपिलबस्तु र नवलपरासीका १२ फुटवल टिमहरुले सहभगिता जनाएका छन।

प्रतियोगिताको उद्घाटन गर्दै कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले खेलाडीे देशको गहना रहेको बताउदै उनीहरुको सम्मान गर्नु पर्नेमा जोड दिदै खेलाडीले खेलकुदको माध्यमबाट देशको शान, मान र इज्जत बढाउदै आएको बताउनु भएको छ । खेलाडीहरुलाई सम्मानका लागि कुनै तक्मा होइन, उनिहरुले खेलिरहेको खेलमैदानमा पुगेर हौसला र आत्मबल बढाइदिन सके तक्मा आफै जित्न सक्ने बताउनु भयो । उपाध्यक्ष थापा मगरले खेलाडीहरुमा अनुशासन, धैर्यता, संयमता, र आपसी सहकार्य र समन्वयता हनुे भएकोले नै प्रतिस्पर्धीहरुसंग प्रतिस्पर्धा गर्न तयार हुने खेलाडीहरुसंग हरेक नेतृत्वहरुले एकताको पाठ सिक्नु पर्ने बताउनु भयो।

कञ्चन आफैमा खेलकुदहरुका लागि उर्वरभुमि भएको उल्लेख गर्दै उपाध्यक्ष थापा मगरले खेलकुदको माध्यमबाट कञ्चनको हरेक क्षेत्रहरुमा भइरहेको एकता, बिकास र सहकार्यको सन्देश स्थानीयतहरुमा समेत उदाहरणको रुपमा पुर्याउन खेलाडीहरु समक्ष आग्रह गर्नु भयो।

सोमबार भएको उद्घाटन खेलमा बुद्ध सेभेन स्टार सैनामैना ११ रुपन्देही विजयी भई प्रतियोगिताको दोश्रो चरणमा प्रवेश गर्न सफल भएको छ। बुद्ध सेभेन स्टार सैनामैना ११ रुपन्देहीले ईभोलुसन क्लब बुटवल तामनगर लाई २ । १ ले पराजित गर्दै दोश्रो चरणमा प्रवेश गरेको हो। सोमबारको खेलमा बुद्ध सेभेन स्टार का सन्दीप चौधरी घोषित म्यान अफ द म्याच बन्न सफल भएका छन ।
नेपालीहरुको महान पर्व विजया दशमीको अवसरमा चाँदनी युवा क्लब कन्चन १ रुपन्देहीको आयोजनामा संचालित आठौं चादनी कप फुटबल प्रतियोगिता अन्तर्गत आज दुई खेल हुने खेल संयोजक रेम बहादुर पुनले जानकारी दिनु भएको छ । प्रतियोगिताको विजेता टिमले नगद १ लाख ५० हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने छन भने उपविजेता टिमले ७५ हजार रुपैया सहित कप, मेडल र प्रमाण पत्र पाउने क्लवका अध्यक्ष निम प्रसाद थापाले जानकारी दिनु भएको छ।
यस्त सेमिफाइनल पुग्ने दुई टोलिले पनि नगद १०, हजार १सय ५ रुपैया सान्त्वना स्वरुप प्राप्त गर्ने छन भने प्रतियोगिता अवधीभर बिधागत रुपमा उत्कृष्ट खेल प्रर्दशन गर्ने ५ जनाले जनही ५ हजार रुपैया सहित ट्रफी प्राप्त गर्ने खेल संयोजक पुनले जानकारी दिनु भएको छ।
यही असोज २४ गतेसम्म संचालन हुने प्रतिययोगिताको उद्घाटन कार्यक्रममा क्ववका संस्थापक महासचिव तिलकराम लोधले चाँदनी युवा क्लवको स्थापना, आवश्यकता र चाँदनी कपको शुभारम्भको समयमा तत्कालिन क्लवका पदधिकारी, सल्लाहकार, शुभेच्छुक तथा स्थानीयहरुबाट प्राप्त सहयोग र सल्लाहकै उपजकोल रुपमा आठौं चाँदनी कप २०८१ भएको स्मरण गर्नु भयो।
आज प्रतियोगिताको दोश्रो दिनको पहिलो खेल बिहन ११ बजे विश्व शान्ती युवा क्लब सैनामैना १० सालझण्डी र फर्साटिकर एकेडेमी बिच तथा दोस्रो खेल दिउँस २ः३० बजे गौतम बुद्ध सामुदायिक विकास केन्द्र कन्चन ५ पिपरी चापा र वसन्त फुलबारी क्लब कन्चन २ रुपन्देही बिच हुने खेल संयोजक रेम बहादुर पुनले जानकारी दिनु भएको छ।
क्लवका अध्यक्ष निम प्रसाद थापाको अध्यक्षतामा शुरु भएको खेलमा कञ्चन गाउँपालिका वडा नंम्बर १ का वडा अध्यक्ष हरिनारायण थारु, सहयोगदाता, प्रतियोगिताका प्रायोजक रेडबुलका प्रतिनीधि लगायतको आतिथ्यता रहेको थियो।
खेल कञ्चन १ स्थित दानापुर खेल मैदानमा संचालन भएको उद्घाटन कार्यक्रममा खेल संयोजक रेम बहादुर पुनले खेलाडी, दर्शक, सहयोगदाता लगायतलाई स्वागत गर्नु भएको थियो भने संचालन तुफान राहादी मगरले गर्नु भएको थियो

प्रकाशित मिति: २०२४-१०-०१ , समय : १०:००:१० , २ हप्ता अगाडि