शनिबारदेखि घाघरा खोलामा हराइरहेको चालक र सहचालकको शव फेला

रुपन्देही खबर , ३५०  पटक हेरिएको

भैरहवा, असोज १४

रुपन्देहीमा आएको बाढीमा परि शनिबारदेखि हराइरहेका दुध बोक्ने गाडीका चालक र सहचालकको शव फेला परेको छ । दुध बोकेर रुपन्देहीको मर्चवार सम्मरीमाई गाउँपालिका देखि भैरहवातर्फ आउदै गरेको भे १ च २६७६ नम्बरको जीपसँगै जीपका चालक र सहचालक बेपत्ता भएका थिए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक एसपी रंजित सिंह राठौरले जीपका चालक प्रकाश तामाङ र सहचालक उमेश लोधको शव फेला परेको बताउनु भएको छ । दुवै जनाको परिवार आएर शवको पहिचान गरेको एसपी राठौरले जानकारी दिनु भयो ।
जीपलाई आइतबार क्रेनको सहायताले सशस्त्र प्रहरी बल नेपाल नंक्बर २७ हेडक्वाटर भैरहवा रुपन्देहीबाट खटिएको टोलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फको घाघरा खोलाबाट निकालिएको थियो ।

सम्मरीमाई गाउँपालिका–५ रोइनिहवास्थित तिवारी दुध संकलन केन्द्रबाट सो गाडी दुध लिएर शनिबार बिहान ५ बजे भैरहवा आउँदै गरेको थियो । सोही क्रममा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल पछाडी रहेको घाघरा खोलाबाट हराएको थियो ।

प्रकाशित मिति: २०२४-०९-३० , समय : २२:०७:५३ , ३ हप्ता अगाडि