नहरमा डुबेर मर्चवारमा एक बालकको मृत्यु

रुपन्देही खबर , ४३९  पटक हेरिएको

भैरहवा, असोज १४

रुपन्देहीको मर्चवारमा नहरमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कोटहीमाइ गाउपालिका वडा नम्बर ७ हर्दीका १२ बर्षिय दिपु यादव रहेका छन । आज दिउसो ४ बजे स्कुलबाट घर फर्किदै गरेको अवस्थामा हर्दी चोक भन्दा करिब तीन मिटर उत्तरतर्फ सडकसंगै रहेको कलभर्टमा साइकलबाट चिप्लिएर नहरमा खस्दा दिपुको मृत्यु भएको इलाका प्रहरी कार्यालय मझगावाका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिनु भएको छ ।

घटना घटे लगत्तै प्रहरीलाई स्थानियले खबर गरेपछि प्रहरी र स्थानियको रोहबरमा दिपुको खोजीकार्य गरिएको थियो । नहरमा डुबेका दिपुलाई तत्काल उद्धार गरी उपचारको लागि भिम अस्पताल भैरहवामा लगिए पनि डाक्टरले मृत घोषणा गरेको प्रहरी निरीक्षक बस्यालले जानकारी दिनु भएको छ

प्रकाशित मिति: २०२४-०९-३० , समय : २०:१४:२० , ३ हप्ता अगाडि