शान्ति पुर्नस्थापना गृह सिनपा १ बेलहीया रुपन्देहीद्धारा बालकको उद्धार

उर्मिला यादव , ३१६  पटक हेरिएको

भैरहवा, असोज १३

शान्ति पुर्नस्थापना गृह सिनपा १ बेलहीया रुपन्देहीले भारतको महाराजगंजको बृजमनगंजबाट एक बालकको उद्धार गरेको छ । गए राती सिडब्लुसि महाराजगंजबाट ती बालकलाई जोखिमपुर्ण अवस्थाबाट उद्धार गरिएको हो । कपिलबस्तुको कृष्णनगर नगरपालिका ३ का ८ बर्षका पठान थर गरेका बालकको उद्धार गरिएको हो ।

घरकै आगनमा खेलिरहेका ती बालकलाई नचिनेको भारतीय ब्यक्तिले चकलेट किन्ने बहानामा आफनो मोटरसाइकलमा बसालेर घरबाट लगेको बालकले बताएका छन । लैजाने क्रममा ट्रेनमा बसालेर मुम्बइ लैजादै गरेको अवस्थामा महाराजगंजको बृजमनगंज स्टेसनमा प्रहरीलाई देखेपछि उक्त ब्यक्ति बालकलाई छोडेर भागेको शान्ति पुनस्थापना गृह सिनपा १ रुपन्देहीका प्रमुख नितेश चौधरीले बताउनु भएको छ ।बृजमनगंज स्टेसनमा अलपत्र अवस्थामा रहेका ति बालकलाई त्यहाका एक फलफुल बेच्ने महिलाले देखेपछि बच्चालाई स्थानिय प्रहरी चौकीमा बुझाएको चौधरीले बताउनु भयो ।


बालक असोज १० गते बिहीबार दिउसो घरबाट हराएका थिए । कहीं कतैबाट पनि बालकको अत्तोपत्तो लाग्न नसकेपछि बालकका आमाबुवाले शान्ति पुर्नस्थापना गृह कपिलबस्तुमा बालकको खोजी तथा उद्धार कार्यमा सहयोगका लागि आग्रह गरेका थिए ।
शान्ति पुर्नस्थापना गृहका राष्ट्रिय उद्धार संयोजक भुमीराज भटटराइको पहलमा ति बालक सिडब्लुसी महाराजगंजमा रहेको जानकारी पाएपछि शान्ति पुर्नस्थापना गृह बेलहीयाको टोली शनिबार दिउसो ३ बजे त्यहा पुगेर बालकको खोजी तथा उद्धार गर्न सफल भएको छ । आज आइतबार बालकलाई कपिलबस्तुमा रहेका उनका अभिभावकको जिम्मा लगाईएको शान्ति पुनस्थापना गृह रुपन्देहीका प्रमुख नितेश चौधरीले जानकारी दिनु भएको छ ।

पछिल्लो समय शान्ति पुर्नस्थापना गृह सिनपा १ बेलहियाले भारतका बिभिन्न ठाउमा बेचबिखनमा परिसकेका वा बेचबिखनको जोखिममा रहेको नेपाली महिला तथा बालबालिकाको उद्धार गर्दै आएको छ । गएको २० महिनामा मात्रै भारतबाट ८ जनालाई उद्धार गरिएको छ जसमा ७ बालिका र एकजना बालक छन । भने बोर्डरबाट ३ सय ९० जना महिला तथा बालबालिकाको उद्धार गरिसकेको छ ।

प्रकाशित मिति: २०२४-०९-२९ , समय : २१:०३:५८ , ३ हप्ता अगाडि