सन्तोष कुमार गुप्ता , १३१ पटक हेरिएको
देउखुरी, असोज १३
सुचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समितीको अध्यक्षमा बाँकेका बरिष्ठ पत्रकार हेमन्त कर्माचार्य निबिरोध चयन हुनु भएको छ । महासंघ लुम्बिनी प्रदेशको शनिबार दाङ—देउखुरीको लमहीमा सम्पन्न प्रथम महाधिवेशनबाट उहाँ अध्यक्षमा निबिरोध निर्वाचित हुनु भएको हो ।
साथै अध्यक्ष कर्माचार्य कै नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिती समेत निबिरोध निर्वाचित भएको छ । जसको समावेशी उपाध्यक्षमा राधा बस्नेत (रिया) (रूपन्देही), खुल्ला उपाध्यक्षमा दिपक पोख्रेल (पाल्पा), महासचिवमा सन्तोषकुमार गुप्ता (दाङ), सचिवमा रूद्र सुवेदी (बाँके), महादेव खरेल (गुल्मी) र कोषाध्यक्ष पप्पु रेग्मी (पश्चिम नबलपरासी) निबिरोध निर्वाचित हुनु भएको निर्वाचन समितीका संयोजक तथा पूर्व केन्द्रिय उपाध्यक्ष अधिबक्ता विश्वजित तिवारीले जानकारी दिनुभयो ।
त्यस्तै सदस्यहरुमा राकेशकुमार मिश्रा (बाँके), बिजयसिंह भारती (प्यूठान), शरणर् कर्माचार्य (बाँके), पबित्रा सुवेदी (रूकुम पूर्व), अर्जुन बेल्बासे (कपिलबस्तु), शिबबहादुर एमसी (बिदुर) (दाङ), सोना कुमाल (दाङ), भरत विश्वकर्मा (रोल्पा), सिर्जनाकुमारी थारू (बर्दिया) र गोबिन्दप्रसाद खनाल (अर्घाखाँची) निबिरोध निर्वाचित हुनु भएको संयोजक तिवारीले जानकारी दिनुभयो ।
यसैबीच नवनिर्वाचित कार्यसमितीलाई शनिबार नै सपथ ग्रहण समेत गराइएको छ । नवनिर्वाचित कार्यसमितीलाई निर्वाचन समितीका संयोजक तथा पूर्व केन्द्रिय उपाध्यक्ष अधिबक्ता विश्वजित तिवारीले सपथ ग्रहण गराउनु भएको हो । निर्वाचन समितीमा महासंघका अभियन्ता तथा सामुदायिक रेडियो प्रसारक संघका केन्द्रिय सदस्य आरिफ अन्सारी र महासंघ कै अभियन्ता भिमा कडेल रहनु भएको थियो ।
महासंघका लुम्बिनी प्रदेश अध्यक्ष हेमन्त कर्माचार्यको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्दको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीको बिशिष्ट आतिथ्यतामा भएको महाधिवेशन उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथी बागचन्दले संविधानले प्रदान गरेको सुचनाको हकलाई आम नागरिकले प्रयोग गर्ने गरी अभियन्ता तयार पार्नुपर्ने बताउनुभयो । उहाँले अब हरेक टोल—टोलमा सुचनाको हक माग्ने अभियान्ता तयार भए मात्र महासंघको उदेश्य पुरा हुने बताउनुभयो ।
केन्द्रिय अध्यक्ष बागचन्दले हरेक सेवाप्रदायक सरकारी कार्यालय वा संघसंस्थाबाट ब्यापक सुचना लिने काम गरे मात्र देशमा भईरहेको ब्यापक भष्ट्रचार, बिकृति र बिसंगतिको अन्त्य हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले देशलाई समृद्धि र सुशासन बनाउन अब पत्रकारहरुले मात्र नभई हरेक नागरिकले सुचनाको हक प्रयोग गरेर बढ्दो बेथतिका बिरुद्ध लाग्न आग्रह समेत गर्नुभयो ।
महासंघका अभियन्ता तथा पत्रकार सन्तोषकुमार गुप्ताको स्वागत मन्तब्यबाट शुरु भएको महाधिवेशन उद्धाटन कार्यक्रममा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारी, महासंघका अभियन्ता तथा प्रशिक्षक डा. श्रीराम शर्मा, महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष तथा निर्वाचन समितीका संयोजक अधिबक्ता विश्वजित तिवारी र पब्लिक भ्वाइस नेपाल लुम्बिनीका अध्यक्ष राधा बस्नेत (रिया) लगायतका बक्ताले शुभकामना मन्तव्य वक्त गर्नु भएको थियो । कार्यक्रमको सञ्चालन महासंघका केन्द्रिय उपाध्यक्ष बिर्जराज कुसुवाहाले गर्नु भएको थियो ।
पहिलो बैठक सम्पन्न, सुचना अधिकारी नियुक्त
यसैबीच सुचनाको हकका लागि राष्ट्रिय महासंघ लुम्बिनी प्रदेश समितीको पहिलो बैठक समेत शनिबार नै दाङ—देउखुरीको लमहीमा सम्पन्न भएको छ । महासंघका प्रदेश अध्यक्ष हेमन्त कर्माचार्यको अध्यक्षता एवम् महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन्दको प्रमुख आतिथ्यता तथा महासंघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष ताराबहादुर भण्डारीको बिशिष्ट आतिथ्यतामा सम्पन्न बैठकले महासंघ लुम्बिनी प्रदेशको सुचना अधिकारीमा सचिव रूद्र सुवेदीलाई जिम्मेवारी प्रदान गर्ने निणर्य गरेको छ ।
त्यस्तै बैठकले पदाधिकारी रहेको सचिवालय समिती गठन गर्ने निणर्य गरेको छ । साथै बैठकले महाधिवेशन तथा प्रशिक्षण शिविर सम्पन्न गर्न महत्वपूणर् योगदान पुर्याएको भन्दै महासंघको केन्द्रिय समिती र सभ्य तथा भब्य रुपमा निर्वाचन सम्पन्न गराउन योगदान पुर्याएको भन्दै निर्वाचन समितीलाई समेत धन्यबाद ज्ञापन गर्ने निणर्य गरिएको महासंघ लुम्बिनी प्रदेशका महासचिव सन्तोषकुमार गुप्ताले जानकारी दिनुभयो । बैठकमा महासंघका महासंघका केन्द्रिय उपाध्यक्ष बिर्जराज कुसुवाहा, महासंघ कै अभियन्ता तथा प्रशिक्षक डा. श्रीराम शर्मा र महासंघका पूर्व केन्द्रिय उपाध्यक्ष विश्वजित तिवारी लगायतको उपस्थिती रहेको थियो ।
प्रकाशित मिति: २०२४-०९-२९ , समय : १०:४९:४९ , २ महिना अगाडि