नवलपरासी सेवा समाज यु ए ई द्वारा अशक्त लाई नगद रकम हस्तान्तरण

पुरन अधिकारी , ४६१  पटक हेरिएको

सुनवल , असार १३

नवलपरासी सेवा समाज यु ए ई द्वारा सुनवल ४ बेलारी निवासी भुल बहादुर थापा मगरलाई उपचारका लागि नगद पच्चीस हजार रुपैया सहयोग प्रदान गरेको छ।

रुखबाट लडि घाइते भई कम्मर मुनि शरिरिको भाग चल्न नसकी अशक्त हुदा ,उनका बुवा छोराको दयनीय अवस्था र बुठेसकालको साहारा को यस्तो परिस्थिति देख्दा स्वयम आत्महत्याको बाटो अङ्गालदिदा अशक्त छोरा र परिवारलाई अझ थप पिठा थपिएको हो। यस्तो परिस्थितिमा उपचारकालागि केही सहयोग रकम नवलपरासी सेवा समाज यु ए ई ले वडा अध्यक्ष बालकृष्ण पङ्गेनी र वडा सदस्य लक्षमण श्रेष्ठ लगायतको उपस्थितिमा अशक्त भुल बहादुरकै निवासमा पुगि रकम हस्तान्तरण गरिएको हो।

रकम हस्तान्तरण कार्यक्रममा बोल्दै वडा अध्यक्ष पङ्गेनीले वडा भित्र १५ जना पुर्ण अशक्त र ३८ जना आंशिक अशक्त रहेका र राज्यले प्रदान गर्ने सेवा सुविधा उहाँहरुले सहजै पाउनुहुने र थप व्यक्तिगत सहयोगका लागि पनि जनप्रतिनिधि सदैव तत्पर रहेको बताउँदै पिडितलाई सहयोग गरेकोमा नवलपरासी सेवा समाज यु ए ईलाई विशेष आभार प्रकट गर्दै अगामी दिनहरुमा समेत यस्तै मार्गमा हिड्न सुझाव दिनुभयो ।

नवलपरासी सेवा समाज यु ए ई,नवलपरासी भित्रका आप्रवासी कामदारले दुबईमा अध्यक्ष भुपराज डुम्रे र महासचिव कृष्ण बास्तोलासम्मिलित गराई गठन भएको एक संस्था हो र यसमा आबद्ध सय भन्दा बढि आप्रवासी कामदारले केही रकम जम्मा गरि आफ्नो जिल्लामा समस्यामा परेका व्यक्तिहरुलाई सहयोग प्रदान गर्दै आएको जानकारी दिदै सहयोग हस्तान्तरण कार्यक्रमको संचालन नवलपरासी सेवा समाज यु ए ईका नेपाल प्रतिनिधि एवं आप्रवासी परिवार हकहित मञ्च सुनवलका अध्यक्ष युवराज पुन मगरले गर्नुभएको थियो ।

सहयोग रकम हस्तान्तरण कार्यक्रममा संस्थाका संस्थापक सदस्य हरि प्रसाद तिवारी ,नेपाल मगर संघ सुनवल नगर सचिव विक्की थापा मगर वडा सदस्य लक्ष्मण श्रेष्ठ लगायतले थप उपचारका लागि गर्न सकिने पहल एवं सम्भावना र आर्थिक सहयोग जुटाउने प्रयासका साथै यस सन्दर्भमा नगरका नीति र नियमका बारेमा आ- आफ्ना विचार राख्नुभएको थियो ।

संस्थाका संस्थापक सदस्य दयाराम डुम्रे ,पुरुषोत्तम सापकोटा ,अभियान्ता कमला राना ,समाजसेवी राम कार्की ,सामी परियोजना सुनवलका रिट्रनि स्वयमसेवक पुरन अधिकारी लगायतका व्यक्तित्वहरुको सो रकम हस्तान्तरण कार्यक्रममा उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: २०२२-०६-२७ , समय : ११:३०:५४ , २ वर्ष अगाडि