बस्तीमा बाढी पसेपछि सुस्तामा डुबान

प्रकाश न्यौपाने  , २७२  पटक हेरिएको

नवलपरासी,असोज ११

पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदिको बाढी पसे पछि डुबान भएको छ । बिहिबार देखी आएर अभिरल वर्षाले नारायणी नदिको जल सतहले खतराको तह पार गरेपछि बस्तीमा बाढी पसेको हो । नारायणी पारीको सुस्ता गाउँको थारु टोलका १५ घरमा बाढी पसेको हो। पानीको सतह बढ्ने क्रममा रहेकाले सुस्ताको पुरै गाउँ डुबानको उच्च जोखिममा रहेको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले जानकारी दिनुभयो । डुबानमा परेका स्थानीयले छिमेकीको घरमा आश्रय लिएका छन् ।

नारायणी नदिले खतराको तह पार गरेपछि गण्डक ब्यारेजका सबै ३६ वटा ढोका खोलिएको नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले जानकारी दिनुभयो । अहिले नारायणी नदिमा प्रतिसेकेन्ड पानीको बहाव ४ लाख २० हजार क्युसेक रहेको छ ।

प्रकाशित मिति: २०२४-०९-२८ , समय : १५:५८:५५ , ४ हप्ता अगाडि