रुपन्देही खबर , ९० पटक हेरिएको
काठमांडौं, असोज १२
देशभर बाढी—पहिरोले विपत्ति निम्त्याएपछि गृहमन्त्री रमेश लेखकले उद्धार राहतका लागि छलफल गर्न केन्द्रीय सुरक्षा समितिको बैठक बोलाउनु भएको छ । बाढी पहिरो सहितका प्राकृतिक प्रकोपमा परेका नागरिकको राहत उद्धार तथा सहायता प्रभावकारी बनाउने लगायत विषयमा छलफल गर्न केन्द्रिय सुरक्षा समितको बैठक बोलाएको उहाको सचिवालयले जानकारी दिएको छ । बैठक आज बिहान १०ः३० बजे सिंहदरवारस्थित गृह मन्त्रालयमा बस्नेछ ।
उहाले मुलुकका विभिन्न स्थानमा भइरहेको वर्षा, बाढी पहिरो र डुबानको समस्याबाट जनधनको क्षति हुनका साथै प्राकृतिक जोखिमबाट जनजीवन अस्तव्यस्त बनेको परिस्थितिमा सर्तक रहन र सुरक्षित स्थानमा बसी उच्च सर्तकता अपनाउन आग्रह समेत गर्नु भएको छ ।
प्रकाशित मिति: २०२४-०९-२८ , समय : १०:३५:३९ , २ महिना अगाडि