ब्राउन सुगर सहित भैरहवामा एक जना पक्राउ

रुपन्देही खबर , २९६  पटक हेरिएको

भैरहवा, असोज १०

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित एक जनालाई भैरहवाबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिद्धार्थनगर नगरपालिका वड नंम्बर ११ बस्ने ४५ बर्षिय चुलाही जैसवाल रहेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटका अनुसार सिद्धार्थनगर नगरपालिका वडा नं ११ पिप्रहियामा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवा र प्रहरी चौकी मेउडीहवा रुपन्देहीबाट खटिएको संयुक्त प्रहरी टोलीले बुधबार लागु औषध ब्राउन सुगर जस्तो देखिने धुलो बस्तु १० ग्राम ५०० मिलिग्राम सहित जैसवाललाई पक्राउ गरेको हो ।

पक्राउ परेका जैसवाललाई थप अनुसन्धान कार्यको लागि जिल्ला अदालत रुपन्देही बाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान कार्य जारी रहेको डिएसपी भटटले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-२६ , समय : २२:४३:४२ , ४ हप्ता अगाडि