भैरहवामा जितिया पर्व मिलन समारोह कार्यक्रम सम्पन्न

रुपन्देही खबर , ३०  पटक हेरिएको

भैरहवा, असोज ७

मिथिलाको कला,संस्कृतिको संरक्षण र सम्बर्द्धन तथा सामाजिक सद्भाव र एकताको उद्देश्यका साथ रुपन्देहीको भैरहवामा मिथिलान्चल समाज रुपन्देहीले जितिया पर्व मिलन समारोह कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम संयोजक उषा पाठकको अध्यक्षता तथा लक्ष्मी महासेठको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बिशिष्ट अतिथिहरु मन्जु जैसवाल, मिथिलान्चल समाज रुपन्देहीको अध्यक्ष अमरकान्त झा, समाजको संरक्षक सदस्य कपुरचन्द महासेठ, विशेष अतिथिहरु भैरहवा बहुमुखी क्याम्पस प्रमुख अनिलकुमार झा, कृषि क्याम्पस पक्लिहवा प्रमुख डा. रामभजन मण्डल, नेपाल विद्ध्युत प्राधिकरण भैरहवा शाखा प्रमुख सन्जय झा, वरिष्ठ इन्जिनियर सिताराम भक्त, ओमसतिया गा.पा. कि प्रशासकिय अधिकृत रुपा थापा राउत, विद्ध्युत प्राधिकरण कार्यलय अधिकृत सन्जु साह, सक्षम सहारा बहुउद्देश्यीय महिला समुह कि अध्यक्ष शान्ता कंडेल र नेकपा जिल्ला सेक्रेटरी बिरेन्द्र सी ले शुभकामना मन्तव्य राख्नु भएको थियो भने जितिया पर्वको महत्व र विशेषताको बारमो रुबि झा ले प्रष्ट पार्दै शुभकामना मन्तव्य राख्नु भएको थियो। कार्यक्रम मिना साहको स्वागत र समाजको महासचिव सियाराम यादवको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा विभिन्न कार्यालयहरुमा कार्यरत कर्मचारी, डाक्टर, इन्जिनियर एवं विशिस्ट सामाजिक व्यक्तिको आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा मिथिलाबासी बाल कलाकारहरु, तराई विद्यार्थी समिति पक्लिहवाका विद्यार्थी भाइबहिनीहरुले मिथिलाको कला संस्कृति झल्किने नृत्य प्रस्तुत गरेका थिए भने मिथिला गायन क्षेत्र कि उदाउँदो स्वर कि धनी गायिका पायल ठाकुरले जितिया गीत लगायत अन्य मैथिली गीतहरु प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा तीन सय भन्दा बढीको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२४-०९-२३ , समय : ०५:३९:२१ , ४ हप्ता अगाडि