मर्चवारको घटना सेलाउन नपाउदै भैरहवामा फेरि जबरजस्ती करणी मुद्धा दर्ता

उर्मिला यादव यात्री , ७५  पटक हेरिएको

भैरहवा, असोज ५

मर्चवारको घटना सेलाउन नपाउदै रुपन्देहीको भैरहवामा फेरि जबरजस्ती करणी मुद्धा दर्ता भएको छ । जबरजस्ती करणी आरोपमा ४ जना भारतीय नागरिक र २ जना नेपाली गरि ६ जना पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भट्टका अनुसार पक्राउ पर्नेमा भारत महाराजगन्ज बस्ने ३७ वर्षिय अफरोज सामी, सोही स्थान बस्ने २७ वर्षिय सालु खान, ३१ वर्षिय अत्तर रजा, र गोरखपुर बस्ने २७ वर्षिय बब्लु खाँन रहेका छन । यस्तै उनीहरुसंगै रुपन्देही ओमसतिया गाउँपालिका वडा नम्बर ४ बस्ने ३२ वर्षिय सारुख तेली र सोही ठाउ बस्ने २५ वर्षिय अकबर खाँन रहेका छन ।

डिएसपी भटटका अनुसार आफनै साथीहरुसंग नेपाल घुम्न आएकी २१ बर्षिय भारतीय युवतीलाई उनकै ४ जना साथीहरु र २ जना नेपालीहरु मिलेर जबरजस्ती करणी गरेका हुन ।

यहि असोज ३ गते रातीको समयमा सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ मा रहेको होटल आरोमामा जबरजस्ती करणी गरेको पिडित युवती (भैरहवा–१४ परिवर्तित नाम) ले जाहेरी दिएको र जाहेरी दर्ता गरि अनुसन्धान प्रक्रिया अगाडी बढाएको डिएसपी भट्टले बताउनु भएको छ । उहाले आरोपित ६ जनालाई नै असोज ४ गते रुपन्देही जिल्ला अदालतमा पेश गरि थप अनुसन्धानको लागि ७ दिनको म्याद थप भएको जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-२१ , समय : २३:४४:३१ , १ महिना अगाडि