नेकपा एमाले रोहिणी गाउ कमिटीको अध्यक्षमा सुनिल कुमार कौसल

कौसलको अध्यक्षतामा ३१ सदस्यीय नया कार्यसमिती चयन

रुपन्देही खबर , ६९  पटक हेरिएको

भैरहवा, असोज ४

नेकपा एमाले रोहिणी गाउ कमिटीको अध्यक्षमा सुनिल कुमार कौसल चयन हुुनु भएको छ । नेकपा एमाले रोहिणी गाउ कमिटीको दोस्रो अधिवेशनले कौसलको अध्यक्षतामा ३१ सदस्यीय नया कार्यसमिती चयन गरेको हो । यस्तै गरी उपाध्यक्षमा सुर्य नारायण यादव, सचिवमा इमरान खान, सहसचिवमा ओमप्रकाश यादव, बिद्योतमा कुर्मी रहनु भएको छ । यस्तै गरी सदस्यहरुमा हसामुद्धिन अली, मोहम्मद अली नवाब, रामहित यादव, ललित कलवार, आसा क्षेत्री, तिरथ प्रसाद धवल लगायत रहनु भएको छ । नवनिर्वाचित कार्यसमितीलाई लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी इन्चार्ज संजय कुमार गुप्ताले पद तथा गोपनियताको सपथ ग्रहण गराउनु भएको थियो ।

नेकपा एमाले रोहिणी गाउपालिका कमिटी उपाध्यक्ष दिलिप मणी त्रिपाठीको स्वागत मन्तब्य रहेको कार्यक्रममा नेकपा एमाले केन्द्रिय अनुशासन आयोगका सदस्य डा. कृष्ण न्यौपाने, नेकपा एमाले जिल्ला कमिटी उपाध्यक्ष हितराज पन्थी, नेकपा एमाले रुपन्देही जिल्ला कमिटी अध्यक्ष यज्ञ गैरे, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सल्लाहकार धनेश्वरी चौधरी, नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा रोहिणी गाउपालिका इन्चार्ज संजय कुमार गुप्ता, ओमसतिया गाउपालिका पुर्व अध्यक्ष हिरा केवट लगायतले शुभकामना मन्तब्य राख्नु भएको छ ।

नेकपा एमाले रोहिणी गाउपालिका अध्यक्ष सुनिल कुमार कौसलको अध्यक्षता तथा नेकपा एमालेका केन्द्रिय सचिव ,स्थानिय बिभाग प्रमुख तथा रुपन्देही क्षेत्र नम्बर १ का संघिय सांसद छबिलाल बिश्वकर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो भने कार्यक्रम संचालन सचिव इमरान खानले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-२० , समय : १०:१७:३६ , ४ हप्ता अगाडि