संविधान दिवसको अवसरमा भैरहवाको बुद्धचोकमा दिप प्रज्वलन

उर्मिला यादव यात्री , ५२  पटक हेरिएको

भैरहवा, असोज ३

संविधान दिवसको अवसरमा आज भैरहवाको बुद्धचोकमा दिप प्रज्वलन गरिएको छ । दीप प्रज्वलन कार्यक्रम सिनपा वडा नम्बर ९ का ९० वर्षीय ज्ञानेश्वर ज्ञवालीको हातबाट पहिलो दिपक बालेर दिप प्रज्वलन कार्यक्रम शुभारम्भ गरिएको हो ।

कार्यक्रममा बोल्दै सिद्धार्थनगर नगरपालिकाका नगर प्रमुख इश्तियाक अहमद खांले संबिधानमा भएका कमी कमजोरीलाई सच्याउन आग्रह गर्दै सबै जनताको भावनालाई समेटनुपर्ने बताउनु भएको छ । उहाले संबिधान दिवसमा सबै जनता हर्साेउल्लासका साथ मनाउनुपर्ने बताउदै समाजमा रहेको बेरोजगारीले पनि धेरै समस्या सिर्जना गरेको बताउनु भएको छ । उहाले हामी शिक्षामा धेरै पछाडि रहेको उल्लेख गर्दै आफना छोराछोरीलाई शिक्षा दिन आग्रह गर्नु भएको छ । शिक्षा नै सबैभन्दा ठुलो हतियार भएकोले शिक्षाबाट छोरीहरुलाई बन्चित नगर्न सुझाव दिनु भएको छ । उहाले स्थानिय सरकार, प्रदेश सरकार मिलेर स्वास्थ्य क्षेत्रमा महत्वपुर्ण काम गर्न आग्रह गर्नु भएको छ । उहाले कृषि क्षेत्रमा अझै धेरै काम गर्न बाकी नै रहेको उल्लेख गर्नु भयो । उहाले छोरीमाथि भैरहेको बिभेद हटाउदै समुन्नत समाज निमार्ण गर्नुपर्नेमा जोड दिनु भएको छ ।

दिप प्रज्वलन कार्यक्रममा रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, जिल्ला समन्वय समितीमा प्रमुख उमाकान्त चपाई, सिद्धार्थ उद्योग बाणिज्य संघ भैरहवाका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ, माइती नेपाल रुपन्देहीका प्रमुख माया क्षेत्री , सिनपा वडा नम्बर ५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठ, १३ का वडाध्यक्ष सोमबहादुर गुरुङ, सिद्धार्थनगर नगरपालिकाका कर्मचारी, पदाधिकारी, समाजसेवी, सरोकारवाला ब्यक्तित्व, बिभिन्न संघसंस्थाका प्रमुख तथा पदाधिकारीहरु लगायत भैरहवावासीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०२४-०९-२० , समय : ००:२७:५१ , १ महिना अगाडि