लागु औषध सहित भैरहवाबाट तीन जना पक्राउ

रुपन्देही खबर , ६०  पटक हेरिएको

भैरहवा, असोज ३

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले लागु औषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मर्चवारी गाउँपालिका वडा नम्बर १ बस्ने २६ बर्षिय शैलेश कुमार सहानी, कोटईमाई गाउँपालिका वडा नंम्बर २ बस्ने २१ बर्षिय रामकरण हरीजन र भारतको महाराजगंज थाना नौतनवा ग्राम बरवाभुज वडा नंम्बर १३ बस्ने ३० बर्षिय सुरज कुम्हाल रहेका छन।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार भदौ १ र असोज १ गते सिद्धार्थनगर नगरपालिका वडा नम्बर ४ लुम्बिनी रोडमा अबैध लागु औषधको कारोवार भइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा जिप्रका रुपन्देही र लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालय भैरहवाबाट खटिएको संयुक्त प्रहरी टोलीले लु ३३ प ७२६ नंम्बरको स्कुटी र लु ११ प ४१०२ नंम्बरको मोटरसाईकललाई चेकजाँच गर्ने लागु औषध बरामद गरेको हो । पक्राउ परेका तीनै जनाको साथबाट फेनरागन ६०० एम्फुल,डाईजेपाम ६०० एम्फुल ,टालजेसिक ६०० एम्फुल र लागु औषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता एवम प्रहरी नायब उपरीक्षक मनोहर प्रसाद भटटले जानकारी दिनु भएको छ । यस बिषयमा थप अनुसन्धान कार्यको लागि अदालतबाट ५ दिन म्याद थप भई आवश्यक अनुसन्धान कार्य जारी रहेको डिएसपी भटटले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-१९ , समय : ०९:२५:३३ , १ महिना अगाडि