रुपन्देहीमा तीन लाख भन्दा बढीको अबैध सामान बरामद

रुपन्देही खबर , ४५  पटक हेरिएको

भैरहवा, भदौ ३१

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लाको बिभिन्न स्थानबाट तीन लाख २९ हजार ८८ रुपैया बराबरको अबैध सामान बरामद गरेको छ । जिप्रका रुपन्देही तथा मातहतबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा भन्सार छली चोरी निकासी र पैठारी गरेको अवस्थामा चिनी २९ बोरा प्याज ६ वोरा, ९ हजार तीन सय किलो, तरकारीमा औषधि छर्ने पम्प १ हजार तीन सय ५० वटा, स्टीलका सानो ठुलो कचौरा तीन सय ९८ वटा, ड्रिम रोल स्टिक ५ पेटी ,बिभिन्न किसिमका प्लास्टिकका भाडाहरु र कस्मेटिक सामानहरु गरी तीन लाख २९ हजार ८८ रुपैया मुल्य बराबको अबैध सामान बरामद गरेको हो ।

बरामद भएका सामानहरु आवश्यक कारवाहीको लागी भैरहवा भन्सार कार्यालय बेलहिया रुपन्देहीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०९-१६ , समय : १६:३५:५७ , १ महिना अगाडि