उर्मिला यादव यात्री , ६४ पटक हेरिएको
भैरहवा,भदौ २८
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले ६० औं राष्ट्रिय बालदिवसको पुर्व सन्ध्यामा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेको छ। सिद्धार्थनगर नगरपालिकाका नगर उपप्रमुख उमा अधिकारीको अध्यक्षता तथा नगर प्रमुख इश्तियाक अहमद खां को प्रमुख आतिथ्यतामा नगरभित्र बिभिन्न बिद्यालयमा अध्ययनरत १७ जना गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई आज शुक्रबार एक कार्यक्रमका बिच शैक्षिक सामग्री बितरण गरिएको हो। सिद्धार्थनगर ८ भैरहवामा रहेको श्री रुपन्देही लिलाराम न्यौपाने मा.बि. मा गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्दै नगर प्रमुख खां ले शिक्षा नै समाज परिर्वतनको मुख्य आधार भएकोले शिक्षाको पहुच सबै बालबालिकामा हुनुपर्ने बताउनु भएको छ । उहाले मानिसको सबैभन्दा ठुलो हतियार नै शिक्षा भएकोले यसलाई सहि ठाउमा र ब्यवहारमा उर्तान आग्रह गर्नु भएको छ । नगरप्रमुख खां ले शिक्षा नै अध्यारोको ज्योती भएकोले शिक्षा मार्फत आफनो जिवन सुन्दर बनाउन बिद्यार्थीहरुलाई आग्रह गर्नु भएको छ । उहाले बिद्यार्थीहरुलाई पढाई तर्फ ध्यान केन्द्रित गर्न जोड दिदै भबिष्यमा सिद्धार्थनगर को नाम र पहिचानलाई उचो राख्नमा महत्वपुर्ण भुमिका निर्वाह गर्नेमा बिश्वास ब्यक्त गर्नु भएको छ ।
यस्तै गरी सिद्धार्थनगर नगरपालिकाको नगरउपप्रमुख उमा अधिकारीले बोल्दै गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई कपि ,कलम झोला पेन्सिल मात्र दिएर राष्ट्रिय बालदिवसको सपना साकार नहुने बताउनु भएको छ । उहाले बालदिवस किन मनाइन्छ सो बारेमा जबसम्म बिद्यार्थीहरुमा ज्ञान हुदैन तबसम्म राष्ट्रिय बालदिवस मनाउनुको उपलब्धी नहुने जिकिर गर्नु भयो । आजका बालबालिका भोलिका कर्णदार भएको बताउदै नगरउपप्रमुख अधिकारीले बालबालिकामा शिक्षाको लगानी गरेमा मात्र छोराछोरीको भबिष्य उज्वल हुने जोड दिनु भयो । उपप्रमुख अधिकारीले संस्कार सहितको शिक्षाको आवश्यकता भएको बताउदै घरमा पनि अभिभावकहरुले छोरीलाई मात्र नभइ छोरालाई समेत संस्कार सिकाउन आग्रह गर्नु भएको छ । उपप्रमुख अधिकारीले फरक प्रसंगमा बोल्दै पछिल्लो समय छोरीहरु सुरक्षित नरहेको बताउदै शिक्षित ब्यक्तिबाट नै गलत क्रियाकलापहरु बढदै गएकोले शिक्षा के को लागी भन्दै प्रश्न गर्नु भएको छ । उहाले शिक्षित ब्यक्तिहरुमा नै संस्कारको अभाव भएकोले संस्कार सहितको शिक्षा आजको आवश्यकता भएको बताउनु भएको छ ।
कार्यक्रमको उदेश्यमाथि प्रकाश पार्दै सिद्धार्थनगर नगरपालिकाको शिक्षा अधिकृत जानवी पाण्डेले भदौ २९ गते मनाइने राष्ट्रिय बालदिवसको अवसरमा नगरपालिका यस बर्ष सामुदायिक बिद्यालयमा अध्ययनरत गरिब तथा जेहन्दार बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गरेर मनाउने उदेश्यका साथ नगरपालिकाबाट बजेट छुटयाएर यो कार्यक्रम आयोजना गरेको बताउनु भएको छ । उहाले बालबालिकाहरुको शैक्षिक अवस्था सुधार अन्र्तगत बिभिन्न किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिने बताउनु भएको छ ।
यस्तै गरी श्री भानु माध्यमिक बिद्यालय सिनपा ९ का प्रध्यानाध्यापक मोतीलाल सुबेदीले बोल्दै बालबालिकामा लगानी गरे मात्र बालबालिकाको भबिष्य सुनिश्चित हुने बताउनु भएको छ । यसले देशकै भबिष्य सुनिश्चित हुने जोड दिनु भयो । उहाले बिद्यार्थीले प्राप्त गरेका शैक्षिक सामग्रीको सहि सदुपयोग गर्न आग्रह गर्दै आफनो उज्जवल भबिष्य बनाउन तर्फ बिद्यार्थी केन्द्रित हुनुपर्ने उल्लेख गर्नु भयो । प्रध्यानाध्यापक सुबेदीले शिक्षण सिकाइ क्रियाकलाप र शिक्षामा गरेको लगानी नै भबिष्यको लागी अति नै उपयोगी हुने बताउनु भयो । उहाले सिद्धार्थनगर नगरपालिकाले नगरका बिभिन्न सामुदायिक बिद्यालयहरुमा लगानी गर्दै आएको र शिक्षामा गरिएको लगानीलाई निरन्तरता दिन आग्रह समेत गर्नु भएको छ ।
सिद्धार्थनगर नगरपालिकाको महिला तथा बालबालिका शाखा अधिकृत कौशल्या चौधरीले संचालन गर्नु भएको कार्यक्रममा सिद्धार्थनगर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत जनक थापा, जिप्रका रुपन्देहीको प्रहरी नायब निरीक्षक छाया बिक, सुर्यदेव मा.बिका प्रध्यानाध्यापक दुर्गा पाण्डे, श्री नवदुर्गा मा.बि का प्रध्यानाध्यापक दिपेन्द्र कुमार गौड, पक्लिहवा माबिका शिक्षक भरत गिरी गोसाइ, लगायत नगर भित्रका सामुदायिक बिद्यालयका बिद्यार्थीहरु, शिक्षक तथा अभिभावकहरु समेतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: २०२४-०९-१३ , समय : २१:१२:२० , २ महिना अगाडि