रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठनको अध्यक्षमा आचार्य,सचिवमा यादव

रुपन्देही खबर , ५०  पटक हेरिएको

भैरहवा,भदौ २७

रुपन्देहीमा रहेका रात्रिकालीन तथा डान्सबार व्यवसायीहरुको प्रथम भेला सम्पन्न भएको छ । भैरहवास्थित होटल क्रस रोडमा भएको भेलाले ‘रुपन्देही रात्रिकालीन मनोरञ्जनात्मक व्यवसायी संगठन नामक संस्था गठन गरेको छ । भेलाले यादव प्रसाद आचार्य (वाई.पी.) को अध्यक्षतामा तदर्थ समिति गठन गरेको हो । जसको उपाध्यक्षमा नेहा गुरुङ (जस्मती), सचिवमा महेन्द्र कुमार यादव र कोषाध्यक्षमा समीर पन्त रहनु भएको छ । त्यस्तै सदस्यहरुमा धिरेन के.सी., इसा ढकाल र सितल मदनवाल रहनु भएको छ ।

भेलाले संस्थाको विधान निर्माण गर्नका लागि अध्यक्ष, उपाध्यक्ष र सचिवलाई जिम्मेवारी दिने निर्णय गरेको छ । त्यस्तै विधान निर्माण भएपछि सम्बन्धित निकायमा दर्ता प्रक्रिया अघि बढाउने अध्यक्ष आचार्यले जानकारी दिनु भएको छ । संस्था चेम्बर अफ कमर्स (उद्योग व्यापार संगठन, रुपन्देही) मा आबद्ध हुने पनि निर्णय गरिएको आचार्यले बताउनु भयो ।

प्रकाशित मिति: २०२४-०९-१२ , समय : १८:०२:१३ , २ महिना अगाडि