रुपन्देही खबर , ७४ पटक हेरिएको
भैरहवा,भदौ २३
रुपन्देहीको मर्चवारी गाउँपालिकामा निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया (अपरेशन) सुरु भएको छ । मर्चवारी–२ स्थित अमवामा सञ्चालित आँखा अस्पतालमा चेकजाँचको क्रममा मोतियाबिन्दुको समस्या देखिएमा गाउँपालिकाको सिफारिसबाट श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा निःशुल्क शल्यक्रिया हुने मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले बताउनु भएको छ।
गाउँपालिकाबासीको आँखा चेकजाँचको क्रममा मोतियाबिन्दु भएको पाइए गाउँपालिकाको सिफारिसमा निर्धारित अस्पतालमा शल्यक्रिया हुने र शल्यक्रियाको क्रममा लाग्ने खर्च गाउँपालिका र अस्पतालले व्यहोर्ने अध्यक्ष बरईले बताउनु भएको छ ।
अमवामा सञ्चालित आँखा अस्पताल वा श्री रण अम्बिका शाह आँखा अस्पताल भैरहवामा चेकजाँचको क्रममा मोतियाबिन्दुको समस्या भएको पाइए वडा र गाउँपालिकाको सिफारिससहितका प्रक्रिया पूरा गरी बिरामीले निःशुल्क शल्यक्रिया सेवा पाउने मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले जानकारी दिनु भएको छ। । हालसम्म गाउँपालिकाबाट २ जनाले उक्त निःशुल्क सेवा लिइसकेको साहले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-०९-०८ , समय : ०६:१९:१२ , ३ महिना अगाडि