उर्मिला यादव यात्री , ३८८ पटक हेरिएको
परासी , असार ११
नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासीको आयोजना तथा पाल्हिनन्दन गाउपालिकाको सहयोगमा पत्रकारिता र बिकास निर्माण विषयक कार्यशाला कार्यक्रम परासीमा सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ पश्चिम् नवलपरासीका अध्यक्ष हरि शर्माको अध्यक्षता तथा पाल्हीनन्दन गाउँपालिकाका प्रमुख वैजु प्रसाद गुप्ता (दीपक)को प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गाउपालिका प्रमुख गुप्ताले पाल्हीनन्दन गाउपालिका र पत्रकार जहिले पनि साथसाथै अगाडी बढेको तर केही गैर पत्रकारका कारणले धाक धम्की आउने गरेको बताउनु भएको छ । पत्रकारकै कारण पालिकामा हुने गरेका कार्य जनताले पाउन सफल भएकाले सँग सँगै हातेमालो गरेर अगाडी बढ्न अनुरोध गर्नु भएको छ ।
गुप्ताले आफ्नो कार्यकालमा सभाहल, प्राविधिक विद्यालय स्थापना, अस्पताल निमार्ण, गाउपालिका भवन, सडक, लगायतका कामहरु गरेको र विद्यालयमा विद्यालय बसको सुविधा दिएर अंग्रेजी माध्ययमा पढाई सुरु गरेको समेत बताउनु भएको छ ।
गुप्ताले अव टोलटोलमा’ म नेता होइन समाजको बेटा’ हो भन्ने भावनाले अगाडी बढेको बताउनु भएको छ । उहाले स्वास्थ्य, शिक्षा र रोजगारीमा जोड दिँदै आफूले गरेका विकास निर्माणका कार्यहरु निस्पक्ष र भरपर्दो तरिकाले काम गरेको समेत बताउनु भएको छ।
यस्तैगरि कार्यक्रममा नेपाल पत्रकार महासंघ पश्चिम नवलपरासीका अध्यक्ष हरि शर्माले अव गाउँ-गाउँमा पुगेर पत्रकारिता गर्नुपर्नेमा जोड दिनु भएको छ । स्थानीय स्तरमा भए गरेका कार्यक्रम सञ्चार माध्ययममा उठाउन र विकास निर्माण हुने गरेका वडा तहमा पुगेर योजनाका कार्यमा कलम चलाउन सम्पूर्ण पत्रकारहरूलाइ आग्रह गर्नु भएको छ । कार्यक्रममा प्रमुख अतिथि गाउपालिका प्रमुख गुप्ताले केही गैर पत्रकारका कारणले धाक धम्की आउने गरेको भनाइ प्रति अध्यक्ष शर्माले ध्यानाकर्षण गराउदै जिल्लामा भएको त्यस्तो ब्यक्तिको पहिचान गरी कारवाही गरिने बताउनु भएको छ
कार्यक्रममा दौतरी एफ एमका समाचार प्रमुख मुक्ति तिवारीले बोल्दै पत्रकारहरुको क्षमता पहिचान गरेर सम्मान गर्नुपर्ने आग्रह गर्नु भएको छ ।
कार्यक्रममा नवलपरासी जिल्लाको पहिलो महिला पत्रकार शान्ता भण्डारी , प्रेस युनियन नवलपरासीका उपाध्यक्ष उमेश बिक , नेपाल पत्रकार महासंघ पश्चिमका पुर्व सभापति तथा सल्लाहकार केशव पराजुली , पाल्हिनन्दन गाउपालिका वडा नम्बर ५ का वडाअध्यक्ष दया शंकर त्रिपाठि, वडा नम्बर ३ का वडाअध्यक्ष गोदन प्रसाद हरिजन लगायतले मन्तव्य राख्नु भएको थियो ।
नेपाल पत्रकार महासंघ कार्यसमिति सदस्य आरती रानाको स्वागत मन्तव्य रहेको कार्यक्रमको संचालन महासंघका सदस्य बिकास अधिकारीले गर्नु भएको थियो
प्रकाशित मिति: २०२२-०६-२५ , समय : १३:३३:४५ , २ वर्ष अगाडि