नेतृत्व लिन सक्ने ठाउमा महिलालाई पुरुषले स्वीकार गर्न सकेन: सभामुख घर्ती

उर्मिला यादव यात्री , ५८  पटक हेरिएको

भैरहवा, भदौ २०

लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीले महिलाको अस्तित्व स्वीकार गर्न नसक्दा नेतृत्व तहमा महिलाहरु आउन नसकेको बताउनु भएको छ । मिडिया एड्भोकेसिले बुधबार महिला पत्रकारका लागी बुटवलमा आयोजना गरेको राजनीतिक रिपोर्टिङका विधि तथा अभ्यासबारे तालिममा उहाँले यस्तो बताउनु भएको हो । उहाले नेतृत्व लिन सक्ने ठाउमा महिलालाई पुरुषले स्वीकार गर्न सकेन सकेन तर महिलाले समेत स्वीकार गर्न नसक्दा महिलाहरु नेतृत्व तहमा आउन नसकेको जिकिर गर्नु भयो । सभामुख घर्तीले महिला नेतृत्व भएको ठाउमा महिलाले आफनो जिम्मेवारी इमानदारिता पुर्वक निर्वाह गरेको उल्लेख गर्नु भयो । उहाले लामो समय देखी पुरुषहरु नेतृत्व तहमा रहदै आएकोले पुरुषमा शासकिय प्रवृत्ति बढी रहेको बताउदै महिलाहरुमा शासकिय मनोबृद्धि नरहेको र भए पनि कम भएको उल्लेख गर्नु भयो । इमान्दार मानिस शासक बन्न नसक्ने बताउदै यस बिषयमा महिलाहरु चनाखो हुदै बिद्रोह गर्नुपर्ने सभामुख घर्तीको भनाइ छ । नेतृत्व तहमा पुरुष नेतृत्व भएको र पुरुष नेतृत्व प्रति विश्वास गर्ने परम्परा रहेकाले महिलाहरु छायामा परेको उहाले बताउनु भयो ।

सभामुख घर्तीले सबै दलमा पुरुषबाद हाबी भएकाले यसलाई हटाउन र महिलाको नेतृत्व अगाडी ल्याउनका लागी राजनीतिमा कलम चलाउन आग्रह गर्नु भएको छ ।

यस्तै गरी बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रीदेवी अर्यालले महिलालाई आर्थिक रूपमा सक्षम नबनाए सम्म महिलाले आफ्ना अधिकार प्राप्त गर्न नसक्ने बताउनुभएको छ । उहाले जनताको काम गर्दा पार्टी गत रुपमा गए काम गर्न नसकिने बताउदै जनतालाई समान दृष्टिकोणले हेर्न सके मात्र असल अभिभावक बन्न सक्ने बताउनु भयो । उहाले स्थानीय तहमा प्रमुख नै कार्यकारी हुने र प्रमुख संग धेरै अधिकार हुने भएकोले उपप्रमुख छायामा परेको अनुभुती हुने गरेको बताउनु भएको छ । उहाले पितृसत्तात्मक सोचका कारणले काम गर्न चुनौती भए पनि यो सोच आफै बाट हटाउनुपर्ने बताउनु भएको छ । उपप्रमुख अर्यालले बुटवल उपमहानगरपालिकाले राजनिती संगै महिलाहरुलाई आर्थिक रुपमा सक्षम नबनाए सम्म राजनीतीमा सफल हुनै नसक्ने दाबी गर्नु भयो । उहाले बुटवल उपमहानगरपालिकाले महिलामाथि हुने सबै खालका असमानताको अन्त्य गर्ने लक्ष्य लिएको र सोही अनुसार महिलाहरुको सीप बिकास र आत्मनिर्भर बनाउनका लागी ठुलो रकम छुटयाएको समेत बताउनु भएको छ ।


यस्तै गरि मिडिया एडभोकेसी ग्रुपका सस्थापक अध्यक्ष बबिता बस्नेतले राजनीतिक रिपोटिङ गर्ने पत्रकार महिला कम भएको अवस्थामा त्यस बीटमा काम गर्ने संख्या र क्षमता बढाउन कार्यशाला आयोजना गरेको बताउनु भएको छ । उहाले सामाजिक, शिक्षा, स्वास्थ्य लगायतका विषयमा नियमित रिपोटिड गर्ने पत्रकार महिलाले केही सीप सिके राजनीतिक रिपोटिङमा पनि अब्बल हुनसक्ने जोड दिनु भयो ।

यस्तै गरि कार्यशाला उद्घाटनमा बोल्दै संचारिका समूह लुम्बिनीका अध्यक्ष अमृता अनमोलले आफ्नो पत्रकारितामा उचाइ थप्न, समाज र देशलाई झकझकाउने बनाउन अन्य विषयसंगै राजनीतिक रिपोटिङ बढाउनुपर्ने बताउनु भएको छ । उहाले पत्रकार महिलाले राजनीतिक रिपोटिङ गर्न सक्दैनन् भन्ने धेरै भएका बेला त्यसलाई गलत सावित गर्न सीप र क्षमता बढाउन आग्रह गर्नु भएको छ ।

कार्यक्रमका अध्यक्ष तथा पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोख्रेलले पत्रकारिता व्यवसाय जोखीममा परेको बताउदै आफ्नो पेसा कायम राख्न र नेतृत्वमा पुग्न पत्रकार महिलाले थप क्षमता बढाउनुपर्ने बताउनु भएको छ

कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष शेरबहादुर केसी, रासस लुम्बिनी प्रदेशका प्रमुख भरत केसी, सभामुखका प्रेस संयोजक शेरबहादुर केसी, बुटवल उपमहानगरका उपनिर्देशक दामोदर ज्ञवाली लगायतले राजनीतिक रिपोटिङबारेमा सुझाव दिनुभएको थियो ।

क्यानेडियन राजदुतावासको सहकार्यमा मिडिया एड्भोकेसी ग्रुपले बुटवलमा आयोजना गरेको पत्रकार महिलाका लागि राजनीति, संसदीय मामिला र विदेश मामिला सम्बन्धी कार्यशालामा लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्त, नवलपरासी पश्चिम र पाल्पाका गरि २० जनाको सहभागिता रहेको थियो । कार्यशालामा डा. महेन्द्र विष्ठ र बबिता बस्नेतले सहजीकरण गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-०५ , समय : १८:५५:३२ , ३ महिना अगाडि