सुनवलमा भएको तीज गित प्रतियोगितामा लुम्बिनी मा.वि.प्रथम

कपिलदेव यादव , १४१  पटक हेरिएको

सुनवल , भदौ २०

नवलपरासीको सुनवलमा लुम्बिनी माध्यमिक विद्यालय, सुनवल १, सोमनाथको आयोजना तथा सुनवल नगरपालिकाको प्राविधिक सहयोगमा तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ । लुम्बिनी मा. वि. का विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा बहादुर गुरुङ्गको अध्यक्षता तथा सुनवल नगरपालिकाको प्रमुख बिमला अर्यालको प्रमुख आतिथ्यतामा सुनवल नगरपालिका भित्रका मा. वि. स्तरीय सामुदायिक विद्यालयको सहभागितामा बुधबार तीज गीत तथा नृत्य प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा ११ वटा सामुदायिक मा. वि. को सहभागिता रहेको कार्यक्रममा श्री लुम्बिनी मा.वि. प्रथम, श्री जनसेवा मा. वि. द्वितीय, श्री वाक्वानी मा. वि. तृतीय र श्री रमवापुर मा. वि. ले सान्त्वना पुरस्कार प्राप्त गरेका छ्न । लुम्बिनी माध्यमिक बिद्यालयका प्र. अ. हुमनाथ सुवेदीको स्वागत मन्तव्य रहेकोे कार्यक्रममा सुनवल नगरपालिकाका शिक्षा अधिकृत पशुपति भट्टराई, निर्णायक मण्डलका संयोजक यमजित मल्ल, र नगर प्रमुख बिमला अर्याल लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-०५ , समय : ०८:२४:१६ , २ महिना अगाडि