कविता :अब हामी सबै मिलेर

गोबिन्द राज ओझा (राजन) , ६८  पटक हेरिएको

झापा,भदौ 19

अब हामी सबै मिलेर विशाल नेपाल बनाउनुपर्छ
हामीले यो देशको गुणगान गाउन सक्नुपर्छ
प्रकृतिको अमुल्य उपहार हो चिन्न सक्नुपर्छ
श्रम र पसिना बगाई देश बनाउनु छ

सबै जाती ,भाषा धर्म मिलेर बस्न सक्नुपर्छ
अब यो देश वनाउन सबै जना लाग्नुपर्छ
यो हाम्रो मातृभुमी हो प्राण भन्दा प्यारो छ
हामी सबै नेपालीले नेपाल देश चिनाउनु छ

अब हामी सबै मिलेर विशाल नेपाल बनाउनुपर्छ
हामीले यो देशको गुणगान गाउन सक्नुपर्छ

लेखक : गोबिन्द राज ओझा (राजन)

प्रकाशित मिति: २०२४-०९-०४ , समय : १०:१८:३५ , २ महिना अगाडि