कविता : हिमालको काखमा

गोबिन्द राज ओझा (राजन) , ५५  पटक हेरिएको

झापा,भदौ १७

हिमालको काखमा रहेको मेरो देश प्यारो छ
आफ्नो सुन्दरतामा देश रमाएको छ
अब सबै नेपाली एकजुट भएर देश बचाउनुपर्छ
किन देश युवा विहिन हुदैछ सोच्ने बिषय छ

नेपाल हाम्रो देश हाम्रो मातृभुमी हो
यो मेरो देश,मेरो पहिचान ,मेरो गौरव हो
अमर रहन्छ इतिहास देशभक्तिको कथा
मिहिनेत र परिश्रमले देश बनाउनु छ यहाँ

रगत र पसिना आफ्नै देशमा बगाऔ
हत्या ,हिंसा होईन सबैले शान्तिको बाटो रोजौ
छन सुन्दर हिमाल ,पहाड ,नदिनला,डाडापाखा
गाउछ्न कोइलिले गित छ आफ्नै भाका

सुर्यका सुनौला किरणले हिमचुलीलाई बोलाउछन
मेरो गुरु मेरो प्रेरणा शान्तिको गित गाउछन
यहाँको आफ्नै रितिरिवाज चाडपर्व छ
स्वर्गको टुक्रा हो यो प्रकृतिको उपहार चिन्न सक्नुपर्छ

लेखक :गोबिन्द राज ओझा (राजन)

प्रकाशित मिति: २०२४-०९-०२ , समय : १०:२४:४२ , २ महिना अगाडि