बिमाले धनी नबनाउला तर गरिब कहिल्यै हुन्न दिन्न: पोख्रेल

रुपन्देही खबर , ५१  पटक हेरिएको

भैरहवा, भदौ १७

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख कृष्णप्रसाद पोख्रेलले बिमाले धनि बनाउन नसकेपनी गरिब हुन नदिने बताउनु भएको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स भैरहवा शाखाले शनिबार भैरहवामा आयोजना गरेको अभिकर्ता सम्मान तथा अभिकर्ताको क्षमता अभिबृद्धी तालिममा प्रशिक्षण दिंदै पोख्रेलले बिमा आम मानिसको लागि अत्याबश्यक रहेको बताउंदै नियमित बचतले भबिस्य सुनिश्चित हुने तर्क गर्दै बिमाले धनी बनाउन नसके पनि बिमा गरेको मान्छे जिवनमा गरिब कहिल्यै नहुने बताउनु भएको छ ।

थोरै थोरै बचतका कारण भबिस्य सुखद हुने र जीवन सुरक्षाको लागि बिमा अत्याबश्यक रहेको बताउनु भयो। अभिकर्ताहरुलाई उत्प्रेरणा मुलक तालिम दिंदै प्रदेश प्रमुख पोख्रेलले बिमा गर्नका लागी कहिल्यै साइत, अक्षता हेराउन नपर्ने, जुन सुकै बेला बिमा गर्न सकिने बताउनु भयो । अभिकर्ताले जहिले जहाँ पनि बिमाका कुरा गर्न सक्ने हुंदा अभिकर्ता आफु पनि ब्यवसायिक बन्नुपर्ने र बिमितको जोखिमका लागि समेत अभिकर्ताले बिमाका कुरा गर्दै बिमा गर्नु कर्तब्य समेत भएको बताउनु भयो ।

“असफल हुन क्लास लिनु पर्दैन, सुत्नलाइ क्लास लिनुपर्दैन, तर सफल हुनका लागि क्लास लिनुपर्छ”, प्रदेश प्रमुख पोख्रेलले भन्नु भयो । “त्यसैले सफलताका लागि अग्रगमनका लागि स्कुल, कलेज, बिश्वबिद्धालय जानुपर्छ ट्रेनिङ लिनुपर्छ, तालिमबाट केहि कुरा सिकिन्छ ।”

अभिकर्ताहरुले शाखामा ठुलो काम गरेको महसुस गर्ने तर रास्ट्रिय लेभलको कार्यक्रममा गएपछी मैले केहि गरेको रहेनछु भन्ने भान हुने पोख्रेलको भनाइ थियो ।

१ जना दुबइमा MDRT को कार्यक्रममा जानुभयो त्यहाँ एकै परिवारका ६ जना MDRT भएको भएको देखेपछी मैले केहि पनि नगरेको रहेछ सर भनेर एक जनाले भनेको प्रदेश प्रमुख पोख्रेलले बताउनु भयो ।

भैरहवा शाखाका प्रमुख अमरदीप गुप्ताले बिमा अभिकर्ताहरुको क्षमता बिकासका लागि र आर्थिक बर्ष ०८०/८१ मा उत्कृष्ट बिमा गरेका एजेन्सी म्यानेजर, सिनियर एजेन्सी म्यानेजरहरुलाइ सम्मान गरेको बताउनु भएको छ । कार्यक्रममा म्यानेजर क्लब, अफिसर क्लब, तथा गत आबमा उत्कृष्ट ब्यबसाय गरेका अभिकर्ताहरुले आ आफ्ना भनाइ राखेका थिए ।

कार्यक्रममा भैरहवा शाखा प्रमुख अमरदीप गुप्ताले कार्यक्रमको उद्देश्य माथी प्रकाश पार्दै स्वागत मन्तव्य र एजेन्सी म्यानेजर शशि पन्थीको सन्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-०९-०२ , समय : ०९:४०:३९ , २ महिना अगाडि