मर्चवारमा घटेको घटनाको निष्पक्ष छानबिन गर्न मर्चवार युवा समाजको आग्रह

जबरजस्ती करणी गर्नेलाइ कडाभन्दा कडा सजायको माग गर्दै सिडियोलाई ज्ञापनपत्र बुझाइयो

उर्मिला यादव यात्री , ७५  पटक हेरिएको

भैरहवा, भदौ १७

रुपन्देहीको मर्चवारमा भदौ ५ गते भएको जबरजस्ती करणीको सम्बन्धमा मर्चवार युवा समाजले ध्यानाकर्षण जनाएको छ । समाजले दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै आइतबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रका अनुसार पिडितलाई तीन दिनको तालिम रहेको र दुई हजार भत्ता समेत प्राप्त हुने भनि घरवाट लिएर गएको र तीन जनाले जवरजस्तीकरणी गरि फोटोभिडियो खिचेर ब्लाकमेलिङ गरि घरपरिवार भनेमा बेइज्जत गरिदिने तथा ज्यान मार्ने सम्मको धम्की दिएको समेत ज्ञापन पत्रमा उल्लेख छ ।


जबरजस्ती करणी गर्ने कोटहीमाइ गाउपालिकाका कर्मचारी तथा मर्चवार अनलाइन खबरका संचालक मुकेश चौधरी, कोटाहीमाई गाँउपालिका वडा नं ३ का वडाध्यक्षको छोरा बन्टी पाण्डे र सोही गा.पा. मा कार्यरत प्रा.स. मनोहर चौधरीले आफ्नो पद तथा शक्तिको आडमा घट्नालाई ढाकछोप गर्ने र जाहेरी दरखास्त दर्ता गर्नबाट रोक्ने प्रयास गरिरहेको उल्लेख छ । । मर्चवार युवा समाजले ज्ञापनपत्र मार्फत प्रमुख जिल्ला अधिकारी अर्याललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीले तत्काल आरोपितहरुलाई निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेको छ । बलात्कारपछि निज पीडितको स्वास्थ्यमा गम्भिर प्रतिकुलता देखापरेकोले उपयुक्त उपचारको प्रवन्ध गर्न तीनै तहको सरकारलाई आवश्यक जिम्मेवारी ग्रहण गर्न समेत आग्रह गरीएको छ । समाजले बलात्कारजस्तो जघन्य अपराध गर्ने अपराधीहरुलाई हदैसम्मको कारवाही गरी पीडितलाई उचित क्षतिपूर्ती तथा पुनस्थापना कार्यक्रमको व्यवस्थापन गर्न सरकारसमक्ष जोडदार माग गरेको छ । भने प्रमुख जिल्ला अधिकारी अर्यालले घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कारवाही गर्ने प्रतिबद्धता गर्नु भएको छ ।

प्रकाशित मिति: २०२४-०९-०२ , समय : ०६:३४:१२ , २ महिना अगाडि