रुपन्देहीमा किशोरी बलात्कार गर्ने तीन जना प्रहरीको नियन्त्रणमा

ज्ञानेश्वर उपाध्याय , २१२  पटक हेरिएको

भैरहवा, भदौ १६

रुपन्देहीको कोटहीमाईमा १९ बर्षिय किशोरी बलात्कार गर्ने अभियोगमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । किशोरीलाई तालिमको बहानामा ललाइ फकाइ कोटहीमाइ गाउपालिकाका उद्यम बिकास सहजकर्ता मुकेश चौधरीले आफनै मोटरसाइकलमा बसालेर लगेको पिडितको परिवारले बताएका छन । यो घटना भदौ ५ गतेको भए पनि परिवारले सामाजिक डरले गर्दा बाहिर ल्याएका थिएनन । पिडित किशोरी अवस्था नाजुक भएपछि र रगत बग्न नरोकिए पछि औषधी उपचार गराउने क्रममा यो घटना बाहिरीएको हो ।

पिडितका अनुसार पिडक कोटहीमाई गाउपालिका शिक्षा शाखामा कार्यरत प्रा सा ३२ बर्षिय मनोहर चौधरी ,कोटहीमाइका उद्यम बिकास सहजकर्ता २६ बर्षिय मुकेश चौधरी र कोटहीमाइ वडा नं ३ का वडा अध्यक्ष बिष्णु पाण्डको छोरा ३५ बर्षिय बंन्टी पान्डेलाई स्थानियले कुटपिट गरी प्रहरीलाई बुझाएका छन । घटनाबारे थप अनुसन्धान भैरहेको जिप्रका रुपन्देहीले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-०९-०१ , समय : ०८:३९:१५ , २ महिना अगाडि