युवा रेडक्रस सर्कल पक्लिहवा कृषि क्याम्पसद्धारा खुल्ला रक्तदान

रुपन्देही खबर , ३५  पटक हेरिएको

भैरहवा, भदौ १२

नेपाल रेडक्रस सोसाइटीको स्थापना दिवसको अवसरमा युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसले खुल्ला रक्तदान कार्यक्रम गरेको छ । युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको सहकार्यमा खुल्ला रक्तदान कार्यक्रम’ सम्पन्न भएको हो।रक्तदान कार्यक्रममा ४७ प्वाइण्ट रगत संकलन गरिएको नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष तथा युवा समाजसेवी सुशील गुरुङ्गले जानकारी दिनु भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहनु भएको गुरुङले सदैव मानविय सेवामा समर्पित रेडक्रसले समय समयमा रक्तदान कार्यक्रम सञ्चालन गरेर रगतको अभाव हुन नदिई विरामीको ज्यान जोगाउन महत्वपुर्ण र पवित्र कार्य गरेको बताउनुभएको छ ।


कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, बेलहिया उपशाखाको अध्यक्ष राकेश गुरुङ्ग, नयाँगाउँ रानीगाउँ गाउँ समाजका अध्यक्ष याम बहादुर थापाले मानव जीवनमा रगतको महत्व, यसको सोधभर्ना, मानवीय कार्यमा रेडक्रसले खेलेको भुमिकाको बारेमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रम संयोजक अस्मिता के.सी.कोे स्वागत मन्तव्य रहेकोे कार्यक्रममा बेलहिया उपशाखाका पूर्व अध्यक्ष सुमन शर्मा, सचिव माधव शर्मा, सदस्य राजु खड्का, प्रतिक थापा मगर, अविचल जंग के.सी., गौरव थापा लगायतको सहभागिता रहेको थियो । भने कार्यक्रम सन्चालन रणसिंह सुवेदीले गर्नु भएको थियो

युवा रेडक्रस सर्कल, पक्लिहवा कृषि क्याम्पसको अध्यक्ष नरेश उपाध्यायको अध्यक्षता तथा नेपाल रेडक्रस सोसाइटी रुपन्देहीका कोषाध्यक्ष गुरुङ्गको प्रमुख आतिथ्यतामा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो।

प्रकाशित मिति: २०२४-०८-२८ , समय : २०:०८:३६ , २ महिना अगाडि