एकीकृत समाजवादी पदाधिकारी चुनावको परिणाम सार्वजनिक

रुपन्देही खबर , ३१  पटक हेरिएको

काठमाण्डौ,भदौ १२

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को १८ केन्द्रीय पदाधिकारीका लागि भएको चुनावको परिणाम सार्वजनिक भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा राजेन्द्रप्रसाद पाण्डे हिजो नै सर्वसम्मतिले निर्वाचित हुनुभएको थियो ।

आज सार्वजानिक भएको मतपरिणामअनुसार पार्टीको उपाध्यक्ष पद (महिला) जयन्ती राई, उपाध्यक्ष (मधेसी समुदाय) धर्मनाथ साह निर्वाचित हुनुभएको हो । उपाध्यक्ष (खुला) मा जगन्नाथ खतिवडा, डा. गङ्गालाल तुलाधर, भानुभक्त जोशी र प्रकाश ज्वाला निर्वाचित हुनुभएको छ ।

यसैगरी उपमहासचिवमा राजेन्द्रकुमार राई, मेटमणि चौधरी, रामकुमार भट्टराई र गरिमा शाह निर्वाचित हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ । पार्टीको सचिव पदमा (समावेशी) बलदेव चौधरी र सचिव (दलित) गणेश विक, सचिव (खुला) मा शेरबहादुर कुँवर, चन्द्रबहादुर शाही, सोमप्रसाद पाण्डे, सावित्री भुसाल र श्रीनाथ बराल चयन हुनुभएको पार्टीको निर्वाचन आयोगले जनाएको छ ।

पार्टीका १८ पदाधिकारीसहित एक सय पाँच पोलिटब्यूरो सदस्य छनोटका लागि हिजो राति मतदान भएको थियो । पोलिटब्यूरो सदस्यको मतगणना हुन बाँकी रहेकाले परिणाम बेलुकीसम्म सार्वजनिक गरिने केन्द्रीय सदस्य आलोक रायमाझीले जानकारी दिनुभयो ।

गएकाे असारमा सम्पन्न महाधिवेशनले अध्यक्षपदमा माधवकुमार नेपाल, सम्मानित नेतामा झलनाथ खनाल र महासचिवमा घनश्याम भुसाललाई सर्वसम्मत चयन गरेको थियो ।

प्रकाशित मिति: २०२४-०८-२८ , समय : १२:२७:०६ , २ महिना अगाडि